२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

मासु व्यवसायीलाई सचेतना अभिमुखिकरण

मासु व्यवसायीलाई सचेतना अभिमुखिकरण

मासु व्यवसायीलाई सचेतना अभिमुखिकरण

मासु व्यवसायीलाई सचेतना अभिमुखिकरण

मासु व्यवसायीलाई सचेतना अभिमुखिकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • बुटवल । मासु व्यवसायी संघ रुपन्देहीले आफ्ना सदस्यहरुको पसलमा पुगेर  सरसफाई  तथा गुणस्तर सचेतना अभियान शुरु गरेको छ ।  संघका अध्यक्ष विशाल थापासहित पदाधिकारी र सदस्य सहितको टोलीले शुक्रबार गोलपार्क क्षेत्रबाट सचेतना अभियान शुरु गरेको हो ।

    पहिलो दिन करिब ४० वटा मासु पसलमा अवलोकन गरी पसलको नियमित सरसफाई गर्न तथा ताजा, स्वच्छ र गुणस्तरीय मासु विक्रि गर्न स्मरण गराएको संघका अध्यक्ष थापाले बताए । व्यवसायीले उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर गुणस्तरीय मासु बेच्ने काममा तलमाथि नगरुन् भनेर संघले यो अभियान चलाएको र यसलाई नियमित सञ्चालन गर्ने उनले बताए ।

    साथै संघले ब्रोइलर कुखुराको मासु प्रति केजी २० रुपैयां घटेकाले नयां मूल्य ३ सय ८० रुपैयां कायम भएको मूल्यसूचि समेत व्यवसायीलाई वितरण गरिएको उनले जानकारी दिए । 
    खुला सीमाबाट कुखुराको तस्करी भएका कारण मूल्यमा अस्वस्थ प्रतिस्पर्धा भएकाले  स्वदेशी ब्रोइलर कुखुरा खरिद गर्ने मासु व्यवसायीहरु मर्कामा परेको गुनासो आएकाले सरकारले अवैध आयात रोक्नुपर्ने अध्यक्ष थापाले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij