२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो

यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो

यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो

यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो

यागी आँधीपछि म्यानमारमा बाढी : ३३ जनाको ज्यान गयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • टाइफुन यागी आँधीपछि म्यानमारमा ठूलो बाढी आएको छ । बाढीमा परी कम्तीमा ३३ जनाले ज्यान गुमाएका छन् । दुई लाख तीस हजार भन्दा धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएका त्यहाँका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

    म्यानमारको सैन्य सरकारले प्रभाव कम गर्न विदेशी सहायताको लागि अनुरोध गरेको छ । राजधानी नेपिडाव सबैभन्दा बढी प्रभावित क्षेत्रमा परेको छ । घरबारविहीन भएका पीडितका लागि केही अस्थायी राहत शिविर स्थापना गरिएको छ ।

    यस वर्षको एशियाकै सबैभन्दा शक्तिशाली आँधी यागीले भियतनाम, चीनको हाइनान टापु र फिलिपिन्समा प्रभाव पारेको छ । तर भियतनाममा यसको प्रभाव कम हुन थालेको छ । यागीकै कारण प्रभावित देशमा ज्यान गुमाउनेको सङ्ख्या भने तीन सय नाघेको छ । भियतनाम दुई सय धेरैले ज्यान गुमाएका छन् । बिजुलीको टावर, भवन, सडक, पुल र घरहरुमा क्षति भएको छ ।     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij