२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विद्युतीय सवारी साधन चलाउनुस, कानुनी अड्चन सरकारले फुकाउछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, भाद्र २९ २०८१
शनिवार, भाद्र २९ २०८१
  • वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विकास कोषमा थन्किएर बसेको विद्युतीय सवारी साधनलाई छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

    लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यलाई मुख्यमन्त्री आचार्यले विद्युतीय सवारी साधन नियमित सञ्चालनको वातावरण निर्माण गर्न निर्देशन दिएका हुन् । 

    सवारी साधन चलाउनमा आईपरेका कानुनी अड्चन फुकाउन प्रदेश सरकारले सहजिकरण गर्ने भएकाले सवारी साधनलाई काम विहिन बनाएर नराख्न निर्देशन दिए ।

    ‘कसरी हुन्छ ति सवारी साधन चलाउनुस । प्रदेश सरकारले कहाँ र कसरी साथ दिनुपर्छ हामी दिन्छौं’उनले भने,‘राज्यलाई प्राप्त भएको सम्पत्ति यसरी काम विहिन बनाएर राख्दा त्यसको सन्देश राम्रो जाँदैन । कानुनी अड्चन फुकाउनुपर्ने भए हामी फुकाउछौंं ।’

    लुम्बिनीमा प्रदूषण कम गर्नका लागि एसियाली विकास बैंकको सहयोगमा ६ वटा बस र  १३ वटा भ्यान गरी १९ वटा विद्युतीय सवारी साधन प्राप्त भएको थियो । हाल ति सवारी साधन नियमित सञ्चालनमा छैनन् ।

    विदेशी पर्यटकलाई भैरहवा हुँदै बुद्ध जन्मस्थल लुम्बिनी तथा बुद्ध सर्किट क्षेत्रमा पर्ने स्थानहरु देवदह, तिलौराकोट, रामग्राम पुर्‍याउने उद्देश्य थियो । एसियाली विकास बैंकको अनुदान, भन्सार छुटबाहेक नेपाल सरकारको १३ करोड रकम खर्च भएको छ । हाल यि सवारी साधन लुम्बिनी विकास कोषको नाममा दर्ता भएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij