२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

भारतीय पर्यटक भित्र्याउन सरकारले नीतिगत सुधार गर्ने मुख्यमन्त्री आचार्यको आश्वासन

भारतीय पर्यटक भित्र्याउन सरकारले नीतिगत सुधार गर्ने मुख्यमन्त्री आचार्यको आश्वासन

भारतीय पर्यटक भित्र्याउन सरकारले नीतिगत सुधार गर्ने मुख्यमन्त्री आचार्यको आश्वासन

भारतीय पर्यटक भित्र्याउन सरकारले नीतिगत सुधार गर्ने मुख्यमन्त्री आचार्यको आश्वासन

भारतीय पर्यटक भित्र्याउन सरकारले नीतिगत सुधार गर्ने मुख्यमन्त्री आचार्यको आश्वासन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुमा भारतीय पर्यटकहरुको सहज आवागमनका लागि प्रदेश सरकारले सहजीकरण गर्ने भएको छ । भारतीय सवारीसाधनसहित लुम्बिनी प्रदेशमा भित्रिने पर्यटकहरुलाई सुरक्षा जाँचको नाममा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको जनगुनासो प्राप्त भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुरक्षा अधिकारीहरुसँग यस बारेमा गम्भिर छलफल गर्ने बताएका छन् ।

    आईएमई ग्रुप र स्थानीयको लगानीमा सञ्चालनमा रहेको लुम्बिनी केवलकारको अवलोकनका लागि पुगेका मुख्यमन्त्री आचार्यले देशभित्र र देशबाहिरका पर्यटकहरुको सहज आवागमनको लागी सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘निजी क्षेत्रबाट खोलिएको यो केवलकार लुम्बिनीको पहिलो केवलकार हो । यसको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गर्न सकिएको छ । लुम्बिनी आउने पर्यटकलाई बुटवल हुँदै यहाँसम्म ल्याउन मद्दत पुगेको छ’उनले भने,‘यसैगरी लुम्बिनी आउने पर्यटकलाई प्रदेशका १२ जिल्लामा भ्रमण गराउने गरी पर्यटन सर्किटको विकास गर्ने योजना छ ।’

    यसैबीच मुख्यमन्त्री आचार्यले प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिरमा पूजा समेत गरेका छन् ।


    पर्यटकहरुको बढ्दो आकर्षण, निजी क्षेत्र उत्साहित

    बुटवलको गर्मी र उम्सो छल्न मानिसहरु २ हजार ६ सय मिटर लामो केवलकारको यात्रा गरेर पहाडको चुचुरोमा पुग्छन् । चिसो र शान्त वातावरणमा सबै उमेर समूहका मानिस रमाउने गरेका हुन ।

    यसमा पनि छिमेकी देश भारतका पर्यटकहरु आउने क्रम बढेको छ । तर, पर्यटक आउँदा सुरक्षा जाँचको नाममा प्रहरीले दुःख दिने गरेको पर्यटकहरुले गुनासो गर्ने गरेका छन् । भारतीय पर्यटकहरुलाई आउने वातावरण सहज बनाउन सक्दा भ्रमणमा आउनेहरुको संख्या बढ्ने अप्रेसन म्यानेजर डिएन कायस्थ सैजुले बताए । ‘पर्यटकहरुको यात्रा निर्वाध हुनुपर्छ । सहज आवागमन भएको खण्डमा संख्या स्वभाविक रुपमा बढ्ने थियो’उनले भने,‘लुम्बिनी प्रदेशभित्रका पर्यटकीय स्थलहरुमा आउन जान कुनै असुविधा नहोस् भनेर सरकारले नीति बनाउन जरुरी छ ।’

    पर्यटकलाई लक्षित गरेर साहसिक पर्यटनका पूर्वाधारहरु थपिएका छन् । केवलकारमा २ अर्ब लगानी भएको छ । आर्थिक दृष्टिकोणले बुटवलमा चहलपहल बढाउन केवलकारले भूमिका खेलेको निजी क्षेत्रको बुझाइ छ । कोभिडले गर्दा निराश बनेको निजी क्षेत्र पछिल्लो समय उत्साहित हुन थालेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij