२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ

भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ

भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ

भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ

भेनेजुएलामा तीन अमेरिकी नागरिक पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौँ । भेनेजुएला प्रहरीले तीन अमेरिकी नागरिकलाई पक्राउ गरेको जनाएको छ ।  यसबाहेक तीन स्पेन र एक चेक गणतन्त्रका नागरिक पनि पक्राउ परेका छन् । 

    उनीहरु सबैलाई देशमा अस्थिरता फैलाएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । भेनेजुएलाका गृहमन्त्री डिओसडाडो काबेलोले सयौं हतियार पनि बरामद गरिएको बताएका छन् ।

    उनले पक्राउ परेका विदेशी नागरिकले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र अन्य उच्च अधिकारीको हत्या गर्ने योजना बनाएको बताए । अमेरिकाले भेनेजुएलाका १६ अधिकारीमाथि प्रतिबन्ध लगाएको दुई दिनपछि यो गिरफ्तारी भएको हो । यी १६ अधिकारी राष्ट्रपति निकोलस मदुरोको निकट मानिन्छन् । 

    उही समयमा, भेनेजुएला सरकारले हिरासतमा रहेका स्पेनिश नागरिकहरू स्पेनको गुप्तचर केन्द्र सीएनआईसँग जोडिएको बताएको छ ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij