२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नवलपरासीको सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

नवलपरासीको सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

नवलपरासीको सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

नवलपरासीको सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो

नवलपरासीको सुस्तामा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्यो
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाण्डौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ मा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५ सकरदिनयीबाट पाँच किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदी पारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्‍याएकाे छ ।

    नारायणी नदीमा निर्माण भएको एक हजार पाँच सय ७१ मिटर लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्‍याएकाे प्राधिकरणले जनाएको छ । अब तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ता बस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएको छ ।

    यसअघि गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा जडान गरिएको एक सय किलोवाटको सौर्य ऊर्जाबाट सुस्तामा विद्युत् आपूर्ति हुँदै आएको थियो । तर सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन ।

    अहिले सुस्ता बस्तीमा विद्युत् आपूर्तिका लागि एक सय केभिए क्षमताका दुईवटा वितरण ट्रान्सफर्मर राखेर विद्युत् लाइन र ट्रान्सफर्मको जडान र परीक्षण सम्पन्न भएको छ । अब उपभोक्ताको घरघरमा विद्युत् आपूर्ति दिन शुरु गर्ने प्राधिकरणले जनाएको छ । सुस्ताबस्तीमा तीन सय ५० वटा घरधुरी छन् ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याएकाे बताए । भारतसँग सीमाना जोडिएको सुस्ताबस्तीमा राष्ट्रिय ग्रिड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाटसमेत महत्वपूर्ण भएको कार्यकारी निर्देशक घिसिङले बताए । 

    चीनसँग सीमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्कालगायत विद्युत् नपुगेका उत्तर र दक्षिण सीमानाका बस्तीहरु पनि छिट्टै विद्युतीकरण हुने घिसिङको भनाइ छ । एक करोड ३३ लाख रुपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/०८०मा शुरु गरिएको थियो ।

    चालू आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुर्‍याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी काम गरिरहेको छ । अहिले विद्युतीकरणको अवस्था ९९ प्रतिशत छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij