२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संस्कार संस्कृति संरक्षणमा थारु समुदाय नै लाग्नुपर्छ :  पूर्वमुख्यमन्त्री  चौधरी

संस्कार संस्कृति संरक्षणमा थारु समुदाय नै लाग्नुपर्छ :  पूर्वमुख्यमन्त्री  चौधरी

संस्कार संस्कृति संरक्षणमा थारु समुदाय नै लाग्नुपर्छ :  पूर्वमुख्यमन्त्री  चौधरी

संस्कार संस्कृति संरक्षणमा थारु समुदाय नै लाग्नुपर्छ :  पूर्वमुख्यमन्त्री  चौधरी

संस्कार संस्कृति संरक्षणमा थारु समुदाय नै लाग्नुपर्छ :  पूर्वमुख्यमन्त्री  चौधरी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • अनिता चौधरी- सैनामैना। थारु समुदायको संस्कार संस्कृति संरक्षण गर्न सबै लाग्नुपर्ने लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताएका छन ।

    थारु कल्याणकारिणी सभा सैनामैनाले आयोजना गरेको बड्का अत्तवार पर्व कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री एवम् सांसद डिल्ली बहादुर चौधरीले जबसम्म थारु संस्कृति बचाउन सकिदैन तबसम्म हामी थारु हौँ भन्ने गर्व गर्न नसिकने हुदाँ थारु समुदायको संस्कार संस्कृति संरक्षण गर्न थारु समुदाय एकजुट भएर लाग्नुपर्ने बताए ।  


    उहाँले संस्कृति र परम्पराले भरिपूर्ण थारु समुदायको खानापान, नाचगान, पहिरन, पुरानो सीपलाई 
    संरक्षण गरि व्यवसायीकरण गरेर आर्थिक उपार्जन लाग्नुपर्ने जोड दिए ।


    उनले भने, “थारु समुदाय प्रकृतिक पुजारी हौ । हामी भुमीलाई पुजा गर्छौ, सूर्य, वन, पानी, खानपानलाई पुजा गर्छौ ।त्यसकारण थारु जातिको उत्पत्ती निकै बलियो रहेको छ ।  थारु संस्कृति र परम्परा लोप हुदैँ गएको अवस्थामा पुराना पुस्ताले आफ्नो बोलीचाली, संस्कार संस्कृति नयाँ पुस्तालाई सिकाउँदै थारुकै अस्तित्व जोगाउन जरुरी छ ।"

    सांसद चौधरी थारु समुदायको उत्थानका लागि आफूले विशेष प्राथामिकता साथ हेरेको बताउँदै झुमडा नाच, बडका नाँच, डिउहार, खानपान र संस्कृतिको संरक्षणसँगै नेतृत्व विकासका लागि प्रदेशबाट आवश्यक बजेट विनियोजन गर्दै विकासमा लागेको बताए ।  

    सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्तमा थारु समुदायको आफ्नै मौलिक कलासंस्कृतिकले भरिपूर्ण रहेकोले यसको संरक्षणमा लाग्नुपर्ने जोड दिए । 


    उनले कला सँस्कृतिलाई जर्गेना गरि संस्कृतिले आर्थिक आयआर्जन माध्यमबाट आफ्नो समुदायको आयस्तर उकास्न सकिने बताए  । 

    थारु कल्याणकारिणी सभा केन्द्रीय पार्षद रामबली चौधरीले खुशीयली र सौहार्दपूर्ण तारिकाले भव्य रुपमा पर्व मनाउन आग्रह गरे ।

    सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले थारु समुदाय र थारु समुदायको संस्कृतिको विकास लागि नगरपालिका र थारु समुदायसँगसँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

    थारु कल्याणकारिणी सभा रुपन्देही सभापति कमल नारायाण थारुले परिर्वतित समाजमा समायोजन हुन थारु समुदाय शैक्षिक, आर्थिक, राजनितिक र सामाजिक रुपमा अग्रसर भएर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याए । 

    सैनामैना नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष रामप्रसाद भुषाले ऐतीहासिक थारु नाच बड्का नाचलाई राष्ट्रिय स्तरसम्म प्रचारप्रसार गरि व्यवसायी बनाउनुपर्ने सुझाव दिदै यो नाचको संरक्षणका लागि वडाले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    थारु कल्याणकारिणी सभा सैनामैनाका सभापति दुलबहादुर थारुको अध्यक्षको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सह–सचिव केवल प्रसाद थारुको रहेको थियो ।  


    बड्का अत्तवार पर्व कार्यक्रममा थारु समुदायका युवायुवाती थारु पोषकमा सजिएर नाचगान र थारु परिकार खाएर एकआपसमा खुशी सटासट गरेर पर्व मनाएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij