२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा

आज मोहम्मद जयन्ती, मुस्लिम धर्मावलम्बीका लागि बिदा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ३१ २०८१
सोमवार, भाद्र ३१ २०८१
  • बुटवल ।आज मोहम्मद जयन्ती (मोहम्मद दिवस) मनाइँदैछ । यस अवसरमा सरकारले आज मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको छ । गृह मन्त्रालयले सूचना निकालेर मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आज भएको भनी जानकारी प्राप्त भएकाले आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    इस्लामिक पात्रोको तेस्रो महिना रवि उल्ल अवलको १२ तारिखको दिन नेपाली मुस्लिमसहित विश्वभरिका मुस्लिम धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद जयन्ती मनाउने गर्छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा मुस्लिम समुदायका बस्तीमा विभिन्न कार्यक्रम हुँदैछन् ।

    बाँकेको नेपालगञ्जसहित देशका विभिन्न ठाउँ तथा विश्वभरका मुस्लिम धर्मालम्वीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाउँदै छन् । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणी स्मरण गर्ने गरिन्छ ।

    बाँकेमा मुस्लिम समुदायको बाहुल्यता रहेको नेपालगञ्ज उपमहानगरपालिका, नरैनापुर र जानकी गाउँपालिकाले मोहम्मद जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij