२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सदस्यता बिबादले पत्रकार महासंघको विरुद्ध संयुक्त बिज्ञप्ती

सदस्यता बिबादले पत्रकार महासंघको विरुद्ध संयुक्त बिज्ञप्ती

सदस्यता बिबादले पत्रकार महासंघको विरुद्ध संयुक्त बिज्ञप्ती

सदस्यता बिबादले पत्रकार महासंघको विरुद्ध संयुक्त बिज्ञप्ती

सदस्यता बिबादले पत्रकार महासंघको विरुद्ध संयुक्त बिज्ञप्ती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • लोक प्रसाद छन्त्याल - गुल्मी । पत्रकार महासंघ गुल्मी शाखा उपाध्यक्ष सहित पदाधिकारी सदस्य लगायत ५ पेशागत संगठन सस्थाका प्रमुख प्रतिनिधि पत्रकारहरुले केन्द्रिय पत्रकार महासंघ विरुद्ध सयुक्त प्रेस बिज्ञप्ती जारी गरेका छन । 

    नेपाल प्रेस युनियन ,प्रेस चौतारी नेपाल ,प्रेस सेन्टर नेपाल, आदिवासी जनजाति पत्रकार महासंघ गुल्मी र जनपत्रकार संगठन गुल्मीका  पत्रकार महासंघ गुल्मी शाखाका उपाध्यक्ष ससचिव सदस्य लगाएतका पत्रकारहरुले केन्द्रिय पत्रकार महासंघ विरुद्ध सयुक्त प्रेस बिज्ञप्ती जारी गरेका हुन।

    यस्ताे छ बिज्ञप्ती

    नेपाल पत्रकार  महासंघ केन्द्रको निर्वाचन प्रयोजनका लागी गठन केन्द्रिय निर्वाचन समितिले ०८१/ भाद्र २९ गते प्रकाशन गरेको गुल्मीको सदस्यता नामावली प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको ?
    भाद्र २४ गते राजीनामा दिई २६ गते नै राजीनामा सुइकृती भइसकेका अध्यक्ष बिपुल पोख्रेलको हस्ताक्षरबाट नामावली प्रकाशित गर्नु?बिधान बिपरित भएको नियोजित लज्जास्पद थहर गरेका छौ बताएको छ!
    नेपाल पत्रकार महासंघ बिधान सदस्यता प्राप्ति तथा कार्यबिधि निर्देशिका २०७६ र नेपाल पत्रकार महासंघको नयाँ सदस्यता र सदस्य नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड २०७९ र निर्वाचन समितिले गुल्मी जिल्लाको पत्रकार नामावली प्रकाशन उपर दाबीबिरोधको उजुरी समेत लिइ सकेको अवस्थामा बिधान,निर्वाचनको सामन्य सिद्धान्त को मुल्य मान्यता अनुसार र प्रचलित बिधि पद्धति बिपरित रहेको ?
    सदस्यता वितरण र नवीकरण प्रक्रिया शाखा कार्यसमितिको सिफारिसमा हुनुपर्नेमा! गुल्मी जिल्ला महाशाखाको मिति ०८०/ बैशाख / १६ गते भएको जिल्ला साधारणसभाबाट गठित ३ सदस्यीय कार्यदलले दिएको प्रतिवेदनलाई जिल्ला कार्यसमितिको बैठकमा छलफल गरि अन्तिम नामावली पठाउने निर्णय भएपनि कार्यदलका र जिल्ला अध्यक्षले नियोजित ढंगले समितिमा छलफल नै गर्न नदिइ कुन सदस्य कुन मापदण्डको आधारमा हटाइएको हो?सो को न्यायीक सुनुवाइ समेत नगरी जिल्लाबाट विभिन्न संचार माध्यममा क्रियाशिल पत्रकारहरुलाइ सदस्यबाट बन्चित गर्नु कुन लोकतान्त्रिक पद्धति हो? जिल्ला समितिबाट समस्य समाधानका लागी पटक पटक केन्द्रिय समितिमा अनुरोध गर्दा समेत विवेकहीन ढंगले उदासिनता प्रकट गरि मौन बस्नु आफैमा दु:खद छ? निर्णयका विरुद्ध गुल्मी जिल्ला कार्यसमितिका ७ जना सदस्यले असहमति जनाउदा जनाउदै प्रदेश कार्यसमितिमा गरिएको सिफारिस प्रति हाम्रो सुरुदेखि नै असहमति रहेको र सो को जानकारी महासंघको केन्द्रिय प्रदेश समिति र केन्द्रिय निर्वाचन समितिमा लिखित र मौखिक उजुरी दिएकोमा कुनै सुनुवाइ नहुदा जिल्ला स्थित सम्पुर्ण पत्रकारसंग सम्बद्ध पेशागत संगठनको त्रफबाट दुख व्यक्त गर्दछौं ।
    गुल्मी जिल्लामा गठन भएको कार्यदलले बिधान र मापदण्ड बिपरित आफुखुशी सदस्यता थप गर्ने क्रियाशिल पत्रकारलाई हटाउने घृणित कार्यग्रेको त्यही गलत कार्यलाई साथ दिनुले नेपाल पत्रकार महसंघ केन्द्र बिधिबिधान र प्रक्रियाको जग हसाउने कार्यगरेको महसुस गरेका छौ कतै लोकतान्त्रिक अभ्यासको भद्दा मजाक गरेको हो कि ? प्रश्न गरेका छन ।
    गुल्मी जिल्ला कार्यसमितिको त्रफबाट आज ०८१/ भाद्र/ ३१ गते नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य र सबै पेशागत संगठनका प्रमुख र प्रतिनिधि सहितको भेलाले गुल्मी जिल्लाको निर्वाचन कार्यक्रम अघि नबढाउन आग्रह गर्दछ।
    जिल्ला कार्यसमितिमा छलफल निर्णय नगरी विभिन्न संचार माध्यममा क्रियाशिल पत्रकारको सदस्यता समेत नियतबस नवीकरण नगरि गलत ढंगले सिफारिस गरि पठाइएकोमा त्यसबाट उत्पन्न विवादका कारण करिब डेढ बर्ष देखि नेपाल पत्रकार महासंघ गुल्मीको कार्यलय तालाबन्दीको अवस्थामा रहेको छ! गुल्मीमा रहेका सबै सदस्यहरुको सदस्यता नवीकरण , जिल्ला अधिवेशन लगाएत भेलाको म्यान्डेट अनुसार अघि बढ्ने जानकारी गराउदै सहि समयमा सहि निर्णय लिन हामी जिल्ला कार्यसमितिको तर्फबाट केन्द्रिय समिति समक्ष हार्दिक अपिल गर्दछ।
    अन्तमा 
    जिल्लाको सदस्यताको विवाद समाधान नगरी गरिने निर्वाचन निरंकुश एकपक्षीय र अन्यायपुर्वक हुने भएको ले केन्द्रले सार्बजनिक गरेको निर्वाचन तालिका र नामावली अनुसार कुनैपनि अवस्थामा निर्वाचन हुन नसक्ने व्यहोरा जानकारी गराउदै यदि हाम्रो आग्रह अनुरोधलाई कमजोरी ठाने!जबर्जस्ति पेलेर  निर्वाचनमा जान प्रयास गरिए नेपाल पत्रकार गुल्मीको मिति २०८१/ भाद्र/ ३१ गते बसेका कार्यसमितिका पदाधिकारी , सदस्य र पेशागत संगठनका प्रतिनिधि सहितको भेलाको निर्णय बमोजिम कानुनी उपचार अन्य सम्पुर्ण तवरबाट प्रतिकार गर्ने चेतावनी दिन चहान्छौ!सो बाट हुने क्षतिको सम्पुर्ण जिम्मेवार नेपाल पत्रकार महासंघ केन्द्रिय समिति र निर्वाचन समिति रहनेछ ।भनिएको छ।
    सयुक्त भेलाले कानुनी उपचार खोज्ने साथै पत्रकार महासंघ गुल्मी जिल्ला शाखाले अभियानको मार्फत विभिन्न दाताबाट संकलन ५० लाख अस्पताल बिकाश समितिलाई हस्तान्तरण गरेको ! पत्रकार महासंघ गुल्मीमा  बाकी रहेको बिपदमा अत्यावश्यकका लागी खर्च गर्न राखिएको ३० लाख रकम जिल्ला बिपद कोष जिल्ला प्रशासन कार्यलयमा हस्तान्तरण गर्ने समेत निर्णय गरेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij