२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्रादेशिक अस्पतालमा अख्तियारको छापा

प्रादेशिक अस्पतालमा अख्तियारको छापा

प्रादेशिक अस्पतालमा अख्तियारको छापा

प्रादेशिक अस्पतालमा अख्तियारको छापा

प्रादेशिक अस्पतालमा अख्तियारको छापा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • रौतहट । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले छापामारी गरेको छ । अख्तियारको टोलीले सोमवार राति प्रादेशिक अस्पतालमा छापामारी गरेको हो।

    टोलीले अस्पतालको स्टोर रुममा खरिद अनुसारको औसधि उपकरण भए नभएको बुझी मुचुल्का गरि लगेका छन् । अख्तियारको टोलीले खोजे अनुसार परिमाणको उपकरण र सामाग्री नपाएपछि सोहि अनुसार मुचुल्का गरि लगेको अस्पताल श्रोतले जनाएको छ।

    स्टोरमा रहेको उपकरण र औषधी बारे अख्तियारको टोलीले प्रादेशिक अस्पताल गौरका स्टोर किपर राम अश्रे मुखियासंग केहि बेर सोधपुछ गरेको थियो। अस्पताल बिकास समितिका अध्यक्ष अनवर साहमीले अख्तियारको टोली आएको पुष्टि गरेका छन् ।

    मधेश प्रदेशका प्रादेशिक आपुर्ती समितिले प्रदेशभरी अस्पतालहरुमा आपुर्ती गरेको औषधी तथा स्वास्थ्य उपकरणमा अनियमितता भएको अख्तियारमा उजुरी परेपछि टोली परिचालन भएको अध्यक्ष हासमिले जानकारी दिएका छन् ।

    हासमिका अनुसार अख्तियारको टोलीले प्रदेशको सबै प्रादेशिक अस्पतालमा औषधी र स्वास्थ्य उपकरण बारे छानबिन सुरु गरेको छ।

    उता अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट मुरारी ठाकुरको मिलोमतोमा गोप्य टेन्डर गरि औषधी उपकरण खरिद, टाईल्स मार्बल जडान, मर्मत संहार, टिकट काउन्टरको रकम हिनामिना, भवन रङरोगन, ईन्धन, न्यानो झोला बितरण, करार कर्मचारी भर्ना देखि निजि क्लिनिक र ल्याबसंग साठगाठ गरेको बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन हुँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij