२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

प्याब्सन रुपन्देहीद्वारा वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना

प्याब्सन रुपन्देहीद्वारा वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना

प्याब्सन रुपन्देहीद्वारा वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना

प्याब्सन रुपन्देहीद्वारा वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना

प्याब्सन रुपन्देहीद्वारा वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १ २०८१
मंगलवार, आश्विन १ २०८१
  • बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रुपन्देहीको आयोजना गरिएको अन्तरविद्यालय आधारभूत तह चित्रकला प्रतियोगितामा ५६ तथा माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा ४९ जना विभिन्न विद्यालयका विद्यार्थीले भाग लिएका छन् । 


    वैज्ञानिक शिक्षा र उद्यमशीलताका विषयमा आयोजना गरिएको वक्तृत्वकलातर्फ शिक्षक यज्ञ सापकोटा र विवेकराज पोखरेलले गरेको निर्णयका आधारमा प्रथम ग्रीनप्लान्ट इ बो स्कुलका स्वीकृति न्यौपाने, द्वितीय दुर्गा शैक्षिक गृहका प्रिन्सु पौडेल, तृतीय स्मृति बोर्डिङ् स्कुलका अर्नव पौडेल, सान्त्वना न्यू होराइजन स्कुलका दीक्षा पाण्डे र सिद्धार्थ मेमोरियल स्कुलका एन्जल कार्की विजयी भएका छन् ।

    त्यसैगरी चित्रकलातर्फ प्रथम न्यू इन्भायरमेन्ट स्कुलका रौनक खराल, द्वितीय पामिर बोर्डिङ स्कुलका राजन थापा, तृतीय कुँवरवर्ती बोर्डिङ् स्कुलका ग्रीष्मा कार्की र सान्त्वना फर्साटिकर सिद्धार्थ  बोर्डिङ स्कुलका मेरिना थारु तथा आवरपीस बोर्डिङ स्कुलका समी मल्ल भएका छन् । विजयी विद्यार्थीहरुलाई पुरस्कार स्वरुप नगद प्रथमलाई ५०००, द्वितीयलाई ३०००, तृतीयलाई २००० र सान्त्वना १००० हजार  र प्रमाणपत्र तथा कप प्रदान गरिएको थियो । 


    सो पुरस्कार वितरण प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा र अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गरेका थिए । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरीदेवी चौधरीले विद्यार्थीहरुलाई नियमित पठनपाठनसँगै रचनात्मक कार्यक्रमहरुमा सहभागी बनाउनुपर्ने बताइन ।

    कार्यक्रममा प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष हेमलाल भुसालले निजी क्षेत्रबाट शिक्षामा गरिएको लगानीबाट धेरै राम्रो उपलब्धी भएको बताउँदै यस्ता प्रतियोगिताले विद्यार्थीको आन्तरिक क्षमता पनि बाहिर ल्याउने भएकाले नियमित रुपमा संचालन गर्न आग्रह गरे ।

    कार्यक्रममा प्याब्सनका प्रदेश सदस्य डीबी थापा, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले, शैक्षिक अगुवा हरि ज्ञवाली, कार्यक्रम संयोजक तथा सचिव दीपक खनाललगायतले विद्यार्थीहरुबीच अतिरिक्त कार्यक्रमले आन्तरिक प्रतिस्पर्धा बढाउने र रुपन्देहीको शैक्षिक क्षेत्रलाई अझै बलियो बनाउन यस्ता कार्यक्रमलाई नियमित रुपमा अघि बढाउने सुझाव दिएका थिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij