२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम

लुम्बिनी प्रदेशमा संविधान दिवस मनाईदै, यस्ता छन कार्यक्रम
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • दाङ  । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस २०८१  विभिन्न कार्यक्रम गरेर मनाउदै छ ।


     आज, भोली र पर्सी तीन दिन विभिन्न कार्यक्रम गरेर प्रदेश सरकारले संविधान दिवस मनाउन थालेको हो । 
    मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान दिवसलाई जनस्तरबाट भब्य रुपमा मनाउन आह्वान गरेका छन ।
     सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पुर्‍याउन संविधानको कार्यान्वयनको पूर्ण कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै संविधान दिवसलाई भव्य रुपमा मनाउन आह्वान गरेका हुन ।

    असोज २ गते अर्थात आज देखी प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईदैछ । कार्यालय परिसरमा सरसफाई गरिने, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान कार्यक्रम गरिदैछ । यस्तै प्रदेश सरकारी निकायका वेभसाईडमा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य रुपले मनाउने बारेमा सूचनाहरु सार्वजनिक गरिएको छ । 

    संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल कार्यक्रम आज हुदैछ । प्रदेश राजधानी परिसर क्षेत्रको लुम्बिनी हलमा कार्यक्रम आयोजना गर्न थालिएको हो । 

    आमा नागरिकलाई तीन दिन आ–आफ्नो घरको छत, वरण्डामा दिपावलि गर्न सरकारले आह्वान गरिसकेको छ । 

    असोज ३ गते अर्थात भोली संविधान दिवसको 
    मुल समारोह आयोजना गरिने छ । विभिन्न सांस्कृतिक झाँकी सहित विहान प्रभातफेरीको आयोजना गरिने भएको हो । 

    लुम्बिनी प्रदेश राजधानी परिसर क्षेत्र राप्ती उपत्यका देउखुरीमा मुल समारोह हुदैछ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने छ । 

    कार्यक्रम परिसर क्षेत्रभित्र स्वास्थ्य मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम गरिने छ । जिल्ला समारोह समिति संग समन्वय गरेर १२ वटा जिल्लास्थित अस्पतालहरुमा विरामीको निःशुल्क प्रयोगशाला परिक्षण तथा आकस्मिक टिकट निःशुल्क गरिने छ । 

    यस्तै असोज ४ गते पर्सी उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय कार्यालयलय सम्बद्ध सरोकारवालाहरुको समन्वयमा वृक्षारोपण कार्यक्रम गर्ने जनाईएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij