२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु

लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु

लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु

लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु

लेबनानमा हिजबुल्लाह सदस्यको सञ्चार उपकरण विस्फोट, ८ जनाको मृत्यु
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१

  • काठमाडौँ । लेबनानमा हिजबुल्लाह सदस्यहरूको पेजर (सञ्चार उपकरण) मा विस्फोट हुदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिज्बुल्लाहका दुई सदस्य रहेको मिडिया रिपोर्टमा उल्लेख छ । यस विष्फोटमा हजार भन्दा बढी घाइते भएको बताइएको छ ।

    मिडिया रिपोर्टका अनुसार पेजर ह्याक गरी ब्लास्ट गरिएको थियो । यस ह्याकिङको पछाडि इजरायलको हात रहेको दाबी गरिएको छ । हिजबुल्लाहले आक्रमणको लागि इजरायललाई जिम्मेवार ठहराएको छ । तर, इजरायलले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

    पेजर सन्देश पठाउन र प्राप्त गर्न प्रयोग गरिने वायरलेस यन्त्र हो । यो सामान्यतया सानो स्क्रिन र सीमित किप्याडसंग आउँछ । यसको मद्दतले, सन्देश वा अलर्टहरू छिटो प्राप्त गर्न सकिन्छ ।

    लेबनानी वेबसाइट नाहरनेटका अनुसार पेजर विस्फोटमा इरानका राजदूत मोजतबा अमानी पनि घाइते भएका छन् । तर, उनलाई गम्भीर चोट लागेको छैन । अरब मिडिया रिपोर्टका अनुसार शृंखलाबद्ध विस्फोटमा एक हजारभन्दा बढी हिजबुल्लाह सदस्यहरूलाई निशाना बनाइएको छ । हिजबुल्लाह प्रमुख हसन नसरल्लाह पनि घाइते भएको दाबी गरिएको थियो तर हिजबुल्लाहले यसलाई अस्वीकार गरेको छ । 

    लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले देशभर भएका विस्फोटमा सयौं व्यक्ति घाइते भएको पुष्टि गरेका छन् ।  स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ । स्वास्थ्यकर्मीहरूलाई तुरुन्तै उनीहरूको अस्पतालमा मद्दतको लागि जान भनिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij