२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

संविधान दिवसमा सुनवल नगरपालिकाद्वारा पोसाक वितरण

संविधान दिवसमा सुनवल नगरपालिकाद्वारा पोसाक वितरण

संविधान दिवसमा सुनवल नगरपालिकाद्वारा पोसाक वितरण

संविधान दिवसमा सुनवल नगरपालिकाद्वारा पोसाक वितरण

संविधान दिवसमा सुनवल नगरपालिकाद्वारा पोसाक वितरण
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • परासी ।सुनवल नगरपालिकाले पोसाक वितरण तथा अन्तरक्रिया  कार्यक्रम कार्यक्रम गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा पोसाक  वितरण तथा अन्तरक्रिया  कार्यक्रम कार्यक्रम गरेको हो ।

    नगरपालिकाले सुनवल १३ मा अवस्थित भुमहिमा रहेको पवित्र वृद्धाश्रम र सुनवल १ मा रहेको लुम्बिनी माविका फरक क्षमता भएका बालबालिकाहरूलाई पोसाक वितरण गरिएको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले जानकारी दिइन ।

    जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद (रूदल) यादव   तथा सुनवल नगरपालिकाकी नगरप्रमुख अर्यालले संयुक्त रूपमा पवित्र वृद्धाश्रम र  लुम्बिनी माविका विशेष क्षमता भएका बालबालिकाहरूलाई पोसाक वितरण गरेका हुन ।

    लुम्बिनी माविका अध्ययनरत विद्यार्थी  विशेष क्षमता भएका १३  जना बालबालिकालाई पोसाक न्यानो कपडा र पवित्र वृद्धाश्रमका ३ जना वृद्धालाई पोसाक वितरण गरिएको सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुबेले बताए ।

    अन्तरक्रिया कार्यक्रम बोल्दै महाकवि देवकोटा क्याम्पस अध्यक्ष कृष्णप्रसाद लामिछाने संविधान  पूर्ण रूपमा कार्यान्वयन नभएको बताए ।

    नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले जनताको माग अनुसार संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

    सहिद स्व विष्णु पाण्डे धर्म पतनि भागिरती पाण्डेले सबिधानले जुन गति जानू पर्ने नगएको र सहिदहरूको बलिदान कदर नभएको बताइन । 

    उनले भनिन् संविधानले दिएको कुरा व्यवहार लागू नभएको बताइन।जिल्ला सहकारी संस्था अध्यक्ष विष्णुप्रसाद पौडेल पूर्ण बहुमत संविधान जारी भए पनि संविधान पूर्ण रूपमा कार्यान्वयन रूपमा ढिलाइ भएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij