२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संविधान दिवसको अवसरमा  भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान

संविधान दिवसको अवसरमा  भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान

संविधान दिवसको अवसरमा  भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान

संविधान दिवसको अवसरमा  भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान

संविधान दिवसको अवसरमा  भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • बुटवल। भनभने–गुल्मी सम्पर्क समाज रुपन्देहीले बिगतको बर्ष जस्तै यस बर्ष पनि संविधान  दिवसको अवसरमा  रक्तदान कार्यक्रम गरेको छ ।

    सेवा भावका उदेश्यले स्थापना भएको समाजले  नेपाल रेडक्रस सोसाईटी, रक्त सन्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

    रक्त सन्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको संयोजक मिलन पन्थीले बताए ।

    समाजका अध्यक्ष बिष्णु घिमिरेले  गुल्मीको भनभनेबाट रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध ब्यक्तिहरुलाई गोलबद्ध भइ सामाजिक कार्यमा अग्रसर गराउने उदेश्यका साथ यो खालको कार्यक्रम गर्ने गरेको उनले बताए ।

    स्थापना कालदेखि बिभिन्न सामाजिक काममा सक्रिय समाजले बिगतमा धार्मिक, ऐतिहासिक, भौगोलिक बिशेषता हरुलाइ समेटेर भनभनेको महिमा पुस्तक समेत प्रकाशन गरेको र  बिभिन्न सेवामुलक कार्यक्रम गर्ने गरेको  उपाध्यक्ष प्रकास पन्थीले बताए । बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव पदम जिसिले गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij