२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

मर्चवारबाट बरामद भयाे कपडा सहित १२ लाखकाे सामान

मर्चवारबाट बरामद भयाे कपडा सहित १२ लाखकाे सामान

मर्चवारबाट बरामद भयाे कपडा सहित १२ लाखकाे सामान

मर्चवारबाट बरामद भयाे कपडा सहित १२ लाखकाे सामान

मर्चवारबाट बरामद भयाे कपडा सहित १२ लाखकाे सामान
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको मर्चवार क्षेत्रबाट ठुलो मात्रामा भन्सार छलीको अवैध सामान वरामद गरेको छ ।

    कोटहीमाई गाउंपालिका ६ वोगडीबाट महेश यादवको घरमा राखिएको गोदानबाट १२ लाख बढीको लत्ताकपडा र हुक्कामा प्रयोग गरिने कोईला नियन्त्रणमा लिईएको रुपन्देहीका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले जानकारी दिए । उनका अनुसार उक्त सामान भन्सार पठाईएको छ ।

    तस्करहरुले अत्यधिक प्रयोग गर्ने गरेको बोगडी क्षेत्रमा तस्करीको सामान गोदाम गरेको सुचना सशस्त्र प्रहरी वल नेपाल ईन्टेलिजेन्ट ब्युरोलाई प्राप्त भएको थियो । सोही सुचनाको आधारमा विओपी मजगांवाबाट सशस्त्र प्रहरी निरीक्षक विजय कुवंरको कमाण्डमा खटिएको गाडि मोवाईल टोलीले महेश यादवको घरबाट सामान वरामद गरेको थियो ।

    वरामद गरिएको पोकामा महिलाहरुले प्रयोग गर्ने सुट, टप्स, पुरुषका सुट, गम्छा तथा कोईला रहेको सशस्त्र प्रहरी उपरिक्षक थापाले जानकारी दिए । ्उनका अनुसार १३ सय पिस टप्स सुट, ४ सय ६२ थान जेन्स टिसर्ट, १ हजार २४ थान गम्छा, १ सय ७३ थान सेन्डो, २ सय १६ थान लेडिज सुट, २ सय ८० जोर चप्पल, ३० थान लेडिज पाईन्ट, २४ पोका काईला रहेको पाईएको छ ।

    वरामद सामानको भन्सार मुल्य १२ लाख बढी रहेको र उक्त सामान भन्सार चलान गरिएको छ । पछिल्लो समय तस्करहरुबीच एकआपसमा मनमुटाव हुंदा एक समुहले अर्को समुहका विषयमा सुराकी दिने र सामान पक्राउने क्रम बढेको छ ।

    रुपन्देही जिल्लाका विभिन्न नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरीका युनिटहरु रहेपनि स्थानीय तस्करसंग मिलेमतो गरेको आरोप लगाउंदै असन्तुष्ट समुहले सिधै ब्युरोमा जानकारी गराउंने गरेका छन् । उक्त सामान तस्कर तौलन भनिने राधेश्याम जयसवालको रहेको बुझिएको छ । उनी रुपन्देहीका नाम कहलिएका कपडा तस्कर हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij