२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

संविधान दिवसमा झण्डोत्तलन र प्रभातफेरी

संविधान दिवसमा झण्डोत्तलन र प्रभातफेरी

संविधान दिवसमा झण्डोत्तलन र प्रभातफेरी

संविधान दिवसमा झण्डोत्तलन र प्रभातफेरी

संविधान दिवसमा झण्डोत्तलन र प्रभातफेरी
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • भैरहवा । संविधान दिवसको अबसरमा रुपन्देहीमा झण्डोत्तलन र प्रभातफेरी गरिएको छ । सिद्धार्थ राजमार्गको बेलहियाबाट सुरु भएको नेपाली झण्डा सहितको प्रभातफेरी पर्यटकिय गेट, आखाँ अस्पताल, बस पार्क हुदै देवकोटा चोकमा पुगेर सभामा परिणत भएको थियो । 

    जिल्ला स्तरीय कार्यक्रम अन्तर्गत सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरण गर्दै आयोजक समितिले प्रभातफेरी गरेको हो ।

    कार्यक्रममा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधी, निजी क्षेत्र, उद्योगी व्यवासायी, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी एवं सर्वसाधरणको सहभागिता रहेको थियो । 

    रुपन्देहीमा तीन दिन सम्म बिभिन्न कार्यक्रम गरेर संबिधान दिवस मनाईदै छ । सभामा बोल्दै संबिधान सभा सदस्य ईश्तियाक अहमद खाँनले महिलाहरुको संवैधानिक व्यवस्था अनुसारको अधिकारको अधिकतम प्रयोग गरी पौरख र क्षमता अनुसार राम्रो काम गर्नु पर्ने बताए । 

    DSC00289.JPG

    युवाहरु दैनिक विदेशी रहेकोले देश बाहिर गएर देशभक्ति नझल्किने भएकोले देशमै सेवा गरेर देशभक्त हुनुपर्ने बताए । संबिधानको कार्यन्वयनमा सबै जुटी इमान्दारि पूर्वक सबैले काम गरे देशको विकास हुने उनले भने ।  

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लोकतन्त्र प्राप्तीको आन्दोलनमा लागि शहिद भएकाको सम्झना पनि रहने र राष्ट्रिय शान  तथा राष्ट्रको सम्मानमा राष्ट्रिय झण्डा सहित प्रभातफेरीको आयोजना गरिएको बताए । 

    राष्ट्रिय पर्वको दिन राष्ट्रसेवक कर्मचारीले जनता र सेवाग्राहीको पक्षमा ईमान्दारीपूर्वक सेवा गर्नेको प्रण गर्छु भनेर, राजनैतिक नेतृत्वले निष्टापुर्वक देशको सेवा गर्छु इतर भितर होइन देशलाई उच्च राखेर काम गर्छु भनेर र उद्योगी व्यवसायी सबैले उपभोक्ता पनि हो र राज्यको जिम्मेवार नागरिक हो भनेर मनन गरी जहाँ जे हुन्छ डटेर खटेर मातृभूमिको रक्षाको सधै शर्तक रहनेछु भन्ने प्रण लिनु पर्ने बताए ।  

    DSC00293.JPG

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाईले नेपालको संविधान एसियाकै सबै भन्दा उत्कृष्ट संविधान रहेको बताए । यसमा सबैको अपनत्व हुने गरी जात जाती भाषा,धर्म, क्षेत्र, लिङ्ग, वर्ग सबैको उपस्थिती रहने गरी संविधान बनेको बताउदै केही समेटिनु पर्ने र त्रृटिहरुलाई संशोधन गर्दै सविधान अगाडि बढ्ने बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij