२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस

रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • भैरहवा ।राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा रुपन्देहीको रोहिणी गाउँपालिकामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसको अवसरमा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विभिन्न प्रतियोगिता, सम्मान, शैक्षिक बहस एवं पुरस्कार वितरण गरेको हो ।

    रोहिणी-३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयमा प्राथमिक तहका शिक्षकहरुबीच मैत्रीपूणर् ज्ञान आदानप्रदान, माध्यमिक तहका विद्यार्थीहरुबीच प्रतिष्र्धात्मक हाजिरीजवाफ प्रतियोगिता, विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगिता र माध्यमिक तह विद्यार्थीस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेले बताए ।

    जसअन्तर्गत माध्यमिक विद्यालयस्तरीय विद्यार्थी हाजिरीजवाफ प्रतियोगितामा बगहा माध्यमिक विद्यालय प्रथम, बुद्ध त्रिवेणी पब्लिक हाई स्कूल द्वितीय र श्री छिपागढ माध्यमिक विद्यालय तृतीय भएका छन् ।

    त्यस्तै विद्यालयस्तरीय शिक्षक वक्तृत्वकला प्रतियोगितामा श्री राम नरेश यादव आदर्श नमूना माविका चन्द्रमणी बस्नेत प्रथम, पोखरभिण्डी माविका पुनम क.सी. द्वितीय र बोदवार मावि.का रामराज गौतम तृतीय हुनुभएको निणर्ायक मण्डलका संयोजक तथा श्री पशुपति मावि तिलोत्तमाका प्रधानाध्यापक वेदनारायण भट्टराईले जानकारी दिए ।

    त्यसै गरी माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा युनिक होम्स ईङलिस बोर्डिङ स्कूलकी सिर्जना उपाध्याय प्रथम, बगहा माविकी अम्विया खातुन द्वितीय र पोखरभिण्डी माविकी सायमा खातुन तृतीय भएको रोहिणी गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक नारायण ढुंगानाले जानकारी दिए ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने शिक्षकहरुलाई क्रमशः रु. १० हजार, ८ हजार र ६ हजार तथा विद्यार्थीहरुलाई क्रमशः रु. ५ हजार, रु. ४ हजार र रु. ३ हजार पुरस्कार तथा मेडल तथा ट्रफी प्रदान गरिएको थियो ।

    विद्यार्थी तथा शिक्षकहरुलाई पुरस्कार वितरण गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले शिक्षाको विकासका निम्ति गाउँपालिका लागिपरेको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए ।

    गाउँपालिका उपाध्यक्ष शिवकान्ती हरिजनले रोहिणी गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस भव्य रुपमा मनाएको बताइन् । उनले शिक्षाको विकासले समग्र विकास हुने बताइन् । प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले शिक्षा विकासको आधारस्तम्भ भएको बताए । उनले शिक्षाको विकास बिना पालिकाको समग्र विकास हुन नसक्ने बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहायक महामन्त्री ताहिर अलीले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले शिक्षामा धेरै भन्दा धेरै बजेट विनियोजन गर्न आग्रह गरे । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता सतिशचन्द्र मिश्राले यस्ता कार्यक्रमलाई निरन्तरता दिने गाउँपालिकालाई आग्रह गरे । उनले भने, ‘गाउँपालिका अध्यक्ष र टीमले शिक्षाको विकासमा धेरै चासो राख्नुभएको छ । उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले शिक्षाको गुणस्तर सुधार्न गाउँपालिका लागिपरेको र यो सराहनीय कार्य भएको बताए । उनले रोहिणीलाई शिक्षामा नमूना गाउँपालिका बनाउनुपर्नेमा जोड दिए ।

    श्री पशुपति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्द्र प्रसाद धवलले सबैले सहकार्य गर्दै अघि बढे शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताए ।श्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक धनेश्वर कंवरले शिक्षकलाई मात्र दोष दिएर नहुने बताए ।गाउँपालिकाको शिक्षा समिति सदस्य तथा युनिक होम्स इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल मनोज कुमार यादवले गाउँपालिकाको पाइलामा आफूहरुको साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा उत्कृष्ट शिक्षक, सहायक कर्मचारी, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, कार्यालय सहयोगी लगायतलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij