२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रोल्पाको अर्गानिक टिमुरमा विदेशी कम्पनीको चासो, किसानलाई प्राथमिकतामा राखेर व्यवसायीक योजना बनाउन मुख्यमन्त्रीको आग्रह

रोल्पाको अर्गानिक टिमुरमा विदेशी कम्पनीको चासो, किसानलाई प्राथमिकतामा राखेर व्यवसायीक योजना बनाउन मुख्यमन्त्रीको आग्रह

रोल्पाको अर्गानिक टिमुरमा विदेशी कम्पनीको चासो, किसानलाई प्राथमिकतामा राखेर व्यवसायीक योजना बनाउन मुख्यमन्त्रीको आग्रह

रोल्पाको अर्गानिक टिमुरमा विदेशी कम्पनीको चासो, किसानलाई प्राथमिकतामा राखेर व्यवसायीक योजना बनाउन मुख्यमन्त्रीको आग्रह

रोल्पाको अर्गानिक टिमुरमा विदेशी कम्पनीको चासो, किसानलाई प्राथमिकतामा राखेर व्यवसायीक योजना बनाउन मुख्यमन्त्रीको आग्रह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन ३ २०८१
बिहिवार, आश्विन ३ २०८१
  • दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेति बारे प्रदेश सरकारले व्यवसायीक योजना बनाउन साथ दिने बताएका छन् । लुम्बिनी प्रदेशका पहाडी भू–भागमा अर्गानिक टिमुर खेति हुदै आएको छ । टिमुरको व्यवसायीक खेतिबाट किसानको जीवनस्तर सुधार गर्न सकिने भनाई मुख्यमन्त्री आचार्यको छ । विदेशी दातृ निकाय  तथा उद्यमीहरु संग बिहिवार राप्ती उपत्यका देउखुरीमा भएको भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासको लागी सम्वोधन गरिएको समेत जानकारी दिए ।

    ‘हाम्रा पहाडी भू–भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाईदा हुनेगरी टिमुर उत्पादन गर्न प्रदेश सरकार सहयोग गर्न तयार छ’मुख्यमन्त्री आचार्यले भने,‘यूरोप, अमेरिकामा यसको व्यापार राम्रो रहेको हुँदा लुम्बिनीको टिमुरलाई विश्व बजार सम्म पु¥याउन सकिन्छ ।’

    प्रदेश सरकारले चालु आर्थिक बर्षमा टिमुर खेति प्रबद्र्धन गर्न ७० लाख बजेट विनियोजन गरेको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य वसीउद्दीन खाँ, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले लगायत संग फ्रान्सका इक्वेडिसका प्रमुख पिरे अलेक्डेण्डरले भेट गरेका थिए ।

    भेटको क्रममा उनले नेपाली टिमुर विश्वकै नमुना मानिने भएकाले विश्व बजारमा खपत हुने आधार रहेको बताए । नेपाली टिमुरलाई पूर्ण विषादीमुक्त अवस्थामै बचाउनुपर्ने, जसले गर्दा अर्गानिक उत्पालनको रुपमा मुल्य समेत राम्रो पाउने धारणा राखे । 

    पूर्व मुख्यमन्त्री तथा कांग्रेस दल नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा टिमुरको उत्पादन राम्रो रहेको र यसबाट किसानले धेरै आम्दानी गर्न सक्ने आधार रहेको बताए ।‘लुम्बिनी प्रदेशले टिमुरबाट राम्रो गर्न सक्छ । यसको आधार छ’उनले भने,‘किसानले पाउने मूल्य कम छ । प्रदेश सरकारले किसानलाई समृद्ध बनाउने अभियानका रुपमा यो कार्यक्रम जोड्नुपर्छ ।’ भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले टिमुरबाट प्रदेशको समृद्धि र विकासको आधार निर्माण गर्न सकिने बताए । 

    ५० हजार हेक्टरमा टिमुर खेतिको सम्भावना

    लुम्बिनी प्रदेशमा जेठ १८ गते टिमुर सम्मेलन भएको थियो । लुम्बिनी प्रदेशमा १० लाख हेक्टर वन क्षेत्र छ र जस मध्य ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भावना रहेको प्रदेश सरकारले जनाएको छ ।

    एक हेक्टर जमिनमा चार सय विरुवा हुर्काउने सकिने, एउटा विरुवाबाट मात्रै तीन केजी सम्म टिमुर उत्पादन गर्न सकियो भने प्रति बर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने आधार छ ।


    प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५ सय देखी ८ सय रुपैयाँ किलोमा सहजै विक्रि हुने गरेको छ र यसलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ । वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेका अनुसार आर्थिक बर्ष २०७८\०७९ मा दुई लाख ९० हजार पाँच सय १९ किलो टिमुर निर्यात भएको छ । 

     

    रोल्पाको टिमुरमा विदेशी चासो

    रोल्पा जिल्लाका विभिन्न स्थानमा टिमुरको व्यवसायीक खेति हुदै आएको छ । बिषादीरहित टिमुरलाई विश्व बजारमा पु¥याउदा त्यहाँबाट राम्रो आम्दानी हुन सक्ने भएपछी सर्वेक्षण समेत सुरु भएको छ ।

    माडीगाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा स्थानीयले टिमुर खेती गर्दै आएका छन् । यहाँ पाइने अर्गानिक टिमुरलाई विश्व बजारमा पु¥याउन सकिने बारेमा विदेशी कम्पनीहरुले चासो देखाएर अध्ययन, सर्वेक्षण थालेका हुन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij