२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अन्तरपालिका वक्तृत्वकलामा बुटवलको कालिकाकी पराजुली प्रथम

अन्तरपालिका वक्तृत्वकलामा बुटवलको कालिकाकी पराजुली प्रथम

अन्तरपालिका वक्तृत्वकलामा बुटवलको कालिकाकी पराजुली प्रथम

अन्तरपालिका वक्तृत्वकलामा बुटवलको कालिकाकी पराजुली प्रथम

अन्तरपालिका वक्तृत्वकलामा बुटवलको कालिकाकी पराजुली प्रथम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ४ २०८१
शुक्रवार, आश्विन ४ २०८१
  • बुटवल । बुटवलमा सविधान दिवस तथा राष्ट्रिय दिवस २०८१को अवसरमा आयोजित अन्तरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा बुटवलको कालिका मानवज्ञान माविकी मनिषा पराजुली प्रथम भएकी छिन्। 


    नेपालको संविधान र कार्यान्वयनका समस्याबारे विभिन्न पालिकाहरुबाट छनोट भएर आएका ९ जनाबीच भएको प्रतिस्पर्धामा भैरहवाको पश्चिमाञ्चल बोर्डिङ स्कुलकी निर्जरा पोखरेल दोश्रो, देवदहको सगरमाथ माविकी  शिक्षा पौडेल तेश्रो र ओमसतियाको सनलाइट बोर्डिङ स्कुलका प्रिन्सकुमार शाहले चौथौ स्थान हासिल गरे। प्रथमले १५ हजार, दोश्रोले १२ हजार, तेश्रोले १० हजार र सान्त्वना हुनेले ५ हजार रुपैयाँ नगद र प्रमाण पत्र प्राप्त गरेका छन्। 


    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइँ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललगायतले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए। 


    कार्यक्रममा बोल्दै प्रमुख चपाइँले विद्यालयस्तरबाटै संविधान र देशका कानुनबारे जानकारी गराउने उदेश्यसहित आयोजना गरेको वक्तृत्वकला उपयोगी रहेको बताए।बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालयस्तरका बालबालिकामा संविधानबारेको जानकारी खुशीलाग्दो भएको भन्दै विद्यार्थीलाई थप ज्ञान हासिल गर्दै अगाडि बढ्न आग्रह गरे। 


    उपप्रमुख सावित्रादेवी अर्यालले वक्तृत्वकलाले विद्यार्थीमा वाककलाको विकास गर्ने र यसले व्यक्तित्व विकासमा महत्व राख्ने बताइन्।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विद्यार्थीहरुमा घोक्ने भन्दा बढी सिकाइमा ध्यान दिनुपर्ने बताए। 
    प्रतियोगितामा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डा शालिकराम पौडेल, बुटवल उपमहानगरपालिकाका महाशाखा प्रमुख तुलसा अर्याल र सिद्धार्थ क्याम्पसकी रिता रेग्मी निर्णायक रहेका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij