२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बुटवलको रेडियो मुक्तिलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड

बुटवलको रेडियो मुक्तिलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड

बुटवलको रेडियो मुक्तिलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड

बुटवलको रेडियो मुक्तिलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड

बुटवलको रेडियो मुक्तिलाई राष्ट्रिय शिक्षा मिडिया अवार्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, आश्विन ५ २०८१
शनिवार, आश्विन ५ २०८१
  • बुटवल । राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ बाट रेडियो मुक्ती बुटवल नगद सहित सम्मानित भएको छ । 
    शिक्षा पत्रकार समुहले प्रदान गर्दै आएको राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ शुक्रबार काठमाण्डौमा आयोजना गरिएको शिक्षा पत्रकार समुहको रजत वर्ष २०८०/८१  का अवसरमा प्रदान गरिएको हो ।


    शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितीमा आयोजना गरिएको कार्यक्रममा अर्वाड सहित नगद २५ हजार रुपैया नगद प्रदान गरेको रेडियोका अध्यक्ष दिपु पोखररेले जानकारी दिईन । 


    सम्मान प्रदान गर्दै मन्त्री भट्टराईले आगामी दिनमा पनि रेडियोको माध्यमबाट शिक्षाको क्षेत्रमा उल्लेख्य भुमिका निवार्ह गर्न आग्रह गरिन । शिक्षा बिना समाज र राष्ट्र अगाडी बढ्न नसक्ने जानाउँदै उनले सबै क्षेत्र मिलेर शैक्षिक क्षेत्रको विकास गर्न जरुरी रहेको बताईन। 


    पुरस्कार तथा सम्मान ग्रहणगर्दै रेडियोका अध्यक्ष दिपु पोखरेलले सम्मानले थप हौसला मिलेको बताईन ।

    निरन्तर १६ बर्षदेखि आवाज बिहिनको आवाज उठाएर समाजमा सञ्चारको माध्ययमबाट खेलेको भुमिका र योगदानको उचित मुल्यांकन गरी सम्मान गरेकोमा समुहलाई धन्यवाद ब्यक्त गरिन ।

    आगागी दिनमा पनि रेडियाले शिक्षा क्षेत्रका समस्या पहिचान गरि सञ्चारको माध्ययमबाट निरन्तर रुपमा उठाउने प्रतिबद्धता ब्यक्त गरिन । 

    मोफसलमा रहेर महिलाहरुको नेतृत्वमा संचालित सामुदायिक रेडियोले सार्वजनिक शिक्षाको गुणस्तर अभिबृद्धि, र यसको बिस्तारमा पुर्र्याएको योगदानका आधारमा अवार्ड प्रदान गरिएको समुहका सम्मान तथा पुरस्कार छनोट समितिका संयोजक हरि थापाले बताए ।

    महिलाहरुद्धारा सञ्चालित रेडियो मुक्ती बिगत १६ बर्षदेखि लुम्बिनी प्रदेशको बुटवलबाट ९५ थोप्लो ५ मेगाहर्जबाट प्रसारण हुदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij