२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

कपिलवस्तुको कृष्णनगरमा हतियारसहित दुई भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगरमा हतियारसहित दुई भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगरमा हतियारसहित दुई भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगरमा हतियारसहित दुई भारतीय पक्राउ

कपिलवस्तुको कृष्णनगरमा हतियारसहित दुई भारतीय पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • कपिलवस्तु 

    कृष्णनगर नगरपालिका- ८ गणेशपुरबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

     बहादुरगन्जको प्रहरी नायव निरिक्षक धनबहादुर थापाको कमाण्डमा खटिएको टोलीले चन्द्रौटाबाट कृष्णनगरतर्फ आउँदै गरेको बेला सूचनाको आधारमा दुई जनालाई हतियारसहित पक्राउ गरेको बताईएको छ ।

    उनीहरुको साथबाट पाँच राउण्ड गोली लोड भएको मेड इन कानपुर लेखेको रिभल्भर नाल एक र एक थान गोलीको खोका समेत फेला परेको थापाले बताए ।

    पक्राउ पर्नेहरुमा भारत उत्तर प्रदेश पिपरा गौतम पिकउरा जनुबी महसोन वस्ति बस्ने ३५ वर्षीय प्रितमकुमार र देवापार, हरनखा वस्तिका २२ वर्षीय सुरज द्विवेदी रहेको सइ थापाले बताए ।

    सुरजले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा सो हतियार र गोली बरामद भएको उहाँको भनाइ छ । उनीहरुको साथबाट तीन थान मोबाइल फेनरामाइन इन्जेक्सन थान–३, प्लाष्टिकसहित प्याक गरिएको सिरिन्ज थान–२, एम्पुलेक्स पत्ता थान–१, नाम नखुलेको अन्य औषधीको खाली पत्ताहरु समेत बरामद भएको छ ।


    दुबै जना लागुऔषध सेवन गरी लठ्ठीएको अवस्थामा पक्राउ परेका थिए । घटनाको अनुसन्धान र दुबै जनासँग सोधपुछ भइरहेको ईप्रका बहादुरगंजले जनाएको  छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij