२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ

दुर्गा प्रसाई पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • बुटवल । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं  पक्राउ परेका छन् । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोलेपछि भर्‍याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गगरी पक्राउ गरिएको हो । त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो ।

    साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीलाई महानगरीय प्रहरी परिसर भक्तपुर र ठिमी वृत्तले सघाएको थियो । प्रहरीले शुरुमा ३ मिनेटभित्र ढोका खोल्न भने पनि भित्रबाट एक घण्टासम्म ढोका नखोलेको र उल्टै घरभित्रबाट अपशब्द प्रयोग गर्दै गालीगलौज गरिएपछि प्रहरी बलजफ्ती प्रसाईंको घर कम्पाउन्डमा छिरेको प्रहरीको भनाई छ । 

    घरभित्र प्रसाईं र केही युट्युबर रहेको थिए ।  प्रसाईसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो । रास्वपा केन्द्रीय सदस्य ज्वाला भनिने टीका संग्रौलालगायत महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए ।

    विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने,बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij