२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दुर्गा प्रसाईका समर्थकहरुले गरे कावासोतीमा प्रदर्शन, तत्काल रिहा गर्न माग

श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
सोमवार, आश्विन ७ २०८१
सोमवार, आश्विन ७ २०८१
  • नवलपुर । आज नवलपुरको कावासोतीमा मेडिकल व्यवसायी दुर्गा प्रसाईका समर्थकहरुले प्रसाईको रिहाईको माग गर्दै कावासोतीमा प्रदर्शन गरेका छन् । 

    कावासोती ८ शैक्षिक चोकबाट शुरु भएको र्याली कावासोती फलफूल चोक, सभापति चोक हुँदै जिल्ला प्रशासन कार्यालय नवलपुरमा पुगेर कोण सभामा परिणत भएको थियो । 

    नागरिक बचाउ अभियान नवलपुरको आयोजनामा भएको विरोध र्यालीमा दुर्गा प्रसाईलाई रिहा गरे, गणतन्त्र धोका हो, लघुवित्त खारेज गर, मिटरब्याजीलाई कारवाही गर जस्ता नारा लगाएका थिए । 

    नागरिक बचाउ अभियानका जिल्ला अध्यक्ष सूर्य बस्नेतको नेतृत्वमा भएको विरोध र्यालीमा यहाँका लघुवित्त पीडित, मिटरब्याजी पीडित लगायतको सहभागिता रहेको थियो । 

    र्याली पछि उनीहरुले नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई दुर्गा प्रसाईको रिहाईको माग गर्दै ज्ञापन पत्र पनि बुझाएका थिए । 

    र्याली पछि आयोजित कोण सभामा बोल्दै सहभागीहरुले दुर्गा प्रसाईलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा जाने चेतावनी समेत दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij