२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन ८ २०८१
मंगलवार, आश्विन ८ २०८१

  • काठमाडौं । झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाडौं महानगरपालिका-६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेका छन् । 

    जुवा सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना।प्र।न। २६-०१-८१-०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाई दिएको भन्ने खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुप सहित ४ जनालाई पक्राउ गरेको हो । 

    उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij