परासी ।सुनवल नगरपालिकाको वडा नं ३ कीर्तिपुर रहेकाे जनउदय सामुदायिक बन उपभोक्ता समूहको १२ ओै वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सुनवल साेमनाथ रिर्साेटमा १२ ओै वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन सम्पन्न भएको हाे
२०५४ साल माघ ९ विधिवत् रूपमा दर्ता गरी सञ्चालनमा आएको उक्त बनको क्षेत्रफल ५ बिगाहा रहेको फैलिएको छ भने १९९.५० हेक्टर तथा वैज्ञानिक क्षेत्र बिस्तार गरी हाल २७७.७३ हेक्टरमा फैलिएको समूहका अध्यक्ष बलबहादुर थापाले बताए । समूहको कार्यक्षेत्र सुनवल नगरपालिकाको वडा नं ३ कीर्तिपुर १, २ नदुवा र ३ टोल, सुनवल नगरपालिकाको वडा नं ६ तिलकाना, सुनवल नगरपालिकाको वडा नं २ बर्गदहि र पाल्हीनन्दन गाउँपालिकाको वडा नं २ को साबिकको हरपुर वडा नं ४, ५ र ८ कार्य क्षेत्र रहेको अध्यक्ष थापाले जानकारी दिए ।
उक्त सामुदायिक बनबाट ७२०० घरधुरी लाभान्वित रहेको सामुदायिक बनका संस्थाकी सचिव माया पुनले जानकारी दिईन । वार्षिक साधारण सभामा समूहकी सचिव माया पुनले सचिवको प्रतिवेदन र समूहकी कोषाध्यक्ष कमला थापाले आ।ब ०८०।०८१ अनुमानित वार्षिक आयव्यय १ करोड ६२ लाख ९३हजार ५ सय प्रस्तुत गरेकी थिइन ।
जनउदय सामुदायिक बन उपभोक्ता समूह सुनवल कीर्तिपुरका अध्यक्ष बल बहादुर थापाको अध्यक्षयता तथा सुनवल नगरपालिका उपप्रमुख सूर्य प्रसाद दुबे अथिथ्यतामा कार्यक्रममा बोल्दै अगामी दिनमा कस्ता बन बनाउनुपर्ने तपाईहरू लाग्नुमा जाेड दिए ।उनले बन संरक्षण प्रबद्र्धन गर्न बताउँदै बनको दिगो व्यवस्थापनको लागि सबै क्षेत्र लाग्नुपर्नेमा आश्यक रहेकाे बताए ।
वार्षिक साधारण सभामा सुनवल नगरपालिकाको वडा नं ३ का वडाध्यक्ष प्रबिन गुरुङ डिभिजन बन कार्यालयका प्रमुख जीवन पंगेनी सब डिभिजन बन कार्यालय सुनवलका बरिष्ठ बन अधिकृत मरिच लामा सुनवल नगरपालिकाका पूर्व वडाध्यक्ष कर्ण बहादुर सेन, सामुदायिक बन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्यद्धय कमल परियार टिचन गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।छैठाे अधिबेश चलिरहेको छ ।




