२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

बर्दघाट नगरपालिकाले सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठन नियमित गराईने

बर्दघाट नगरपालिकाले सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठन नियमित गराईने

बर्दघाट नगरपालिकाले सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठन नियमित गराईने

बर्दघाट नगरपालिकाले सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठन नियमित गराईने

बर्दघाट नगरपालिकाले सुत्केरी बिदामा सट्टा शिक्षक राखेर पठनपाठन नियमित गराईने
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, आश्विन ९ २०८१
बुधवार, आश्विन ९ २०८१
  • परासी।पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक बिद्यालयहरुमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सट्टामा नयाँ शिक्षिका भर्ना गर्ने नीति ल्याएकाे  छ ।बिद्यालयमा शिक्षिका सुत्केरी बिदा बसेको अवस्थामा सो अवधी सम्मका लागि नयाँ शिक्षक नियुक्त गरी सट्टा भर्ना गर्ने नीति ल्याएको हाे  ।

    शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक बर्ष ०८१/८२ को बजेटमै सुनिश्चितता गरिएको नगरपालिकाले जनाएको छ ।सरकारले महिला कर्मचारीहरुकालागि ९८ दिन सुत्केरी बिदा दिने गरेको छ ।


    कतिपय बिधालयहरुमा महिला शिक्षक सुत्केरी हुँदा नियमित अध्यापन रोकिने र कतिपय अवस्थामा बिषयगत शिक्षक नहुने अवस्था समेत रहने हुनाले पठनपाठनमा असहज हुने र अन्य शिक्षकहरुलाई भार पर्ने भएकाले यो कार्यक्रमलाई समेटिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।


    "झण्डै तीन महिनाका लागि बिद्यालयले शिक्षक नियुक्ति गर्न सक्नेछन,अध्यापन नियमित हुँदा पठनपाठनमा समस्या नहुने र केही समयका लागि भएपनी शैक्षिक बेरोजगारहरु समेत आवद्द हुन सक्ने हुँदा यसले दोहोरो फाईदा पुग्ने बिश्वास लिएका छौं"नगरप्रमुख श्रेष्ठले भने ।


    सम्बन्धित तहको सट्टा शिक्षक राख्दा बिद्यालयहरुले दैनिक ज्यालादारीमा शिक्षक नियुक्त गर्न सक्ने शिक्षा शाखा प्रमुख लोकराज पन्थिले बताए 


    सुत्केरी बिदामा बसेका शिक्षिका र कर्मचारीको सट्टामा काम गर्ने सट्टा शिक्षकलाई नगरपालिकाको  कोषबाट तलब व्यवस्था गरीएको छ।


    बर्दघाट नगरपालिकाले चालू आर्थिक बर्षमा सबै भन्दा बढी बजेट शिक्षामा बिनियोजन गरेको छ ।चालू शैक्षिक सत्रलाई शैक्षिक सुधार बर्षको रुपमा अघि बढाईने नगरपालिकाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij