२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा

लुम्बिनीका मुख्यमन्त्रीले अघि सारे ‘घुमौं लुम्बिनी’को अवधारणा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेशको दीर्घकालिन लक्ष्य पुरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार स्तम्भ भएको बताएका छन।
     

    विश्व पर्यटन दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले‘घुमौं लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापीत गर्न खोजेको बताएका हुन। लुम्बिनी प्रदेश सरकारले ४५ औं विश्व पर्यटन दिवस दाङको घोराहीमा भव्य कार्यक्रमको आयोजना गरेर मनाउदै छ । ‘पर्यटन, न्याय र शान्ति’ भन्ने नाराका साथ यस बर्ष पर्यटन दिवस मनाउन थालिएको हो ।


    ‘पर्यटनबाटै नागरिकलाई स्वरोजगार बनाउन सकिन्छ । त्यसैले नागरिकको जीवनस्तर उठाउने एउटा आधारको रुपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘स्थानीय उत्पादन बढाउने, त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसरहरु सिर्जना गर्न सरकार पूर्ण प्रतिबद्ध छ ।’ 

    लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलमा पु¥याउन लुम्बिनी पर्यटन सर्किट बनाउनेगरी सरकारले काम थालेको मुख्यमन्त्री आचार्यको भनाई छ ।

    ‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल यहीँ छ, पहाड यहीँ छ र समथर भू–भाग अनि अन्नको भण्डार पनि यहीँ छ । मिनी नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ’शुभकामना सन्देशमा भनिएको छ,‘विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायतका क्षेत्र यहाँको पर्यटन प्रवर्धनका आधारस्तम्भ हुन् । सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनी यहाँको प्रमुख पर्यटकीय गन्तव्य स्थल हो भने लुम्बिनी आउने हरेक पर्यटकलाई प्रदेशका १२ जिल्लामा पर्यटकीय स्थल, धार्मिक सम्पदा तथा निकुञ्जको भ्रमण गराउन प्रदेश सरकारले योजना बनाएको छ । यहाँको हिमाल, पहाड र तराईलाई जोड्नेगरी पर्यटन सर्किटको विकास गर्ने योजना हो ।’ 

    लुम्बिनी प्रदेशमा पर्वतीय पर्यटन, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन, सामाजिक\सांस्कृतिक पर्यटन तथा पर्यापर्यटनको माध्यमबाट संरक्षण, विकास र प्रवर्धन गर्नसक्ने थुप्रै सम्भवनाहरु रहेको मुख्यमन्त्री आचार्यले बताए। 

    विश्वभरीका पर्यटक, पर्यटन व्यवसायीहरु, सरोकारवाला तथा आम पर्यटनप्रेमी महानुभावहरुमा मुख्यमन्त्री आचार्यले शुभकामना व्यक्त गरे । 

    सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवसको अवसरमा विश्वव्यापी आवागमनलाई सहज, सरल तथा पहुँचयोग्य बनाउने उद्देश्य राखेर संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठनको आह्वानमा हरेक वर्ष विश्व पर्यटन दिवस संसारभर विभिन्न कार्यक्रम गरेर मनाइँदै आएको छ ।

    Messenger_creation_505331032303203.jpeg

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij