२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौँ । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ गरेको छ ।  

    मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६ सय १० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१२ बस्ने ३० वर्षीय शंखर दाहाल र २५ वर्षीय नन्दु फुयाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.६ प ९६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

    सुनसरी, धरान उपमहानगरपालिका-१५ शिवगंगा बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ माथिल्लो देउराली बस्ने ३१ वर्षीय पर्वत दर्जी र सोही उपमहानगरपालिका-१५ बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । 

    कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ मझगाउँबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-१५ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरीले मझगाउँबाट ऐरीतर्फ जाँदै गरेको म.२ प ४२०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

    बाँके, खजुरा गाउँपालिका-२ रिमझिम बस्ने २५ वर्षीय सुनिल बुढाक्षेत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राधापुर र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij