२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

५० करोड भुक्तानी रोकिएपछि लुम्बिनी विकास कोषमा निर्माण व्यवसायीको आन्दोलन

५० करोड भुक्तानी रोकिएपछि लुम्बिनी विकास कोषमा निर्माण व्यवसायीको आन्दोलन

५० करोड भुक्तानी रोकिएपछि लुम्बिनी विकास कोषमा निर्माण व्यवसायीको आन्दोलन

५० करोड भुक्तानी रोकिएपछि लुम्बिनी विकास कोषमा निर्माण व्यवसायीको आन्दोलन

५० करोड भुक्तानी रोकिएपछि लुम्बिनी विकास कोषमा निर्माण व्यवसायीको आन्दोलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन ११ २०८१
शुक्रवार, आश्विन ११ २०८१
  • बुटवल । लुम्बिनी विकास कोषले ४ वटा निर्माण कम्पनीलाई काम गरेवापत दिनुपर्ने करिब ५० करोड रुपैयां भुक्तानी दिन आलटाल गरेपछि निर्माण व्यवसायीले  दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् ।

    पर्यटन मन्त्रालयबाट विकास कोषका खातामा रकम आएको २५ दिनसम्म पनि कोषले व्यवसायीलाई भुक्तानी नदिएको भन्दै  व्यवसायीले दोस्रो चरणको आन्दोलन घोषणा गरेका हुन् । निमाृण व्यवसायीले विकास कोष परिसरमा सौन्दर्यकरण, बाटो, नाली र पुलहरु निर्माण सम्पन्न गरेको भुक्तानी नपाएका हुन् ।

    जसमध्ये  लुम्बिनी-अनक-खड्का जेभीले १४ करोड ५० लाख ३४ हजार ७७ज्ञ रुपैयां,लामा-अपेक्स-कमल जित जेभीले १५ करोड ३६ लाख २४ हजार ३५५ रुपैयां,रमन-गजुरमुखी-राम जानकी जेभीले ७ करोड३० लाख ७९ हजार ९५८ रुपैया र खानी-अर्घांखाची- बाबुल जेभीले १२ करोड ४३ लाख ४० हजार २२१ रुपैयां भुक्तानी पाउन बांकी रहेको लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीकी अध्यक्ष मन्जु भुसालले बताइन् ।  


    ‘१० महिनादेखिको रनिङ बिल भुक्तानी पाउनुपर्नेमा असार मसान्तभित्र पनि पाएका थिएनौं, पर्यटन मन्त्रालयबाट विकास कोषको खातामा रकम आएपछि पाइएला भनेको २५ दिनसम्म विभिन्न बहानामा आलटाल गरियो’-अध्यक्ष भुसालले भनिन्-‘नियम अनुसार सरासर पाउनुपर्ने रकम दिन बहानाबाजी र आलटाल गरेपछि व्यवसायी केही सीप नलागेर आन्दोलनमा उत्रिनुपरेको हो ।’ 
    अध्यक्ष भुसालका अनुसार मन्त्रालयबाट विकास कोषको खातामा भदौ २० गते ४४ रकोड रुपैयां आएको कोषकै पदाधिकारीले व्यवसायीलाई जानकारी गराएका थिए । भुक्तानी नपाएपछि व्यवसायीहरु पहिलो चरणको आन्दोलन अन्तर्गत असोज ४ गतेदेखि लुम्बिनी विकास कोष परिसरमा कालो ब्यानर सहित धर्नामा बस्न थालेका थिए । 


    धर्नाकै क्रममा विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यमाथि आन्दोलनरत व्यवसायीबाट हातपात र अभद्र व्यवहार भएको थियो । पदाधिकारीमाथि हातपात भएपछि कोषले व्यवसायीले माफी नमागेसम्म भुक्तानी प्रकृया अघि बढाउन नसकिने बताएको थियो ।  तर व्यवसायीहरुले भने हातपातको घटना हुनुको कारण अनुचित ढंगले  व्यवसायीले पाउनुपर्ने भुक्तानी रोकिनु भएकाले तत्काल भुक्तानी दिनुपर्ने अन्यथा विकास कोषमा तालाबन्दी सम्मका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने व्यवसायी जविन कक्षपतिले बताए । आन्दोलनमा हातपात हुनु गलत भएको र आफूहरु दुखित भएको तर त्यसैको बहानामा पाउनुपर्ने भुक्तानी रोक्न नमिल्ने उनले बताए । 


    विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले असोज ८ गते राष्ट्रिय सभाको संघीयता सबलिकरण तथा राष्ट्रिय सरोकार समितिका सदस्यहरुसंगको छलफलकै क्रममा ‘व्यवसायीलाई भुक्तानी दिएर आफू जेल नजाने’ अभिव्यक्ति दिएपछि व्यवसायीहरु आश्चर्यमा परेको कक्षपतिले बताए । ‘सरकारले व्यवसायीलाई दिन पठाएको रकम नदिएर विभिन्न बहानाबाजी गर्नुको कारण हामीले बुझ्न सकेका छैनौं’- कक्षपतिले भने-‘व्यवसायीहरुले बैंकबाट ऋण लिएर सरकारको काम गरेको हो, काम गरेवापत सामान सप्लायर्स,बैंक र मजदुरलाई तिर्नुपर्ने छ, दशैंको मुखमा उनीहरुलाई रकम तिर्न नसक्दा व्यवसायीलाई ठूलो तनाव भएको छ ।’ 


    भुक्तानीको माग राखेर आन्दोलन शुरु गरेको एक हप्ता पुग्दासम्म विकास कोषले बेवास्ता गरेपछि असोज १५सम्म्का लागि दोसो चरणको आन्दोलन गर्नुपरेको भुक्तानी नपाएका व्यवसायी देवराज गौतमले बताए । दोस्रो चरणको आन्दोलन अन्तर्गत आजदेखि विकास कोष अगाडि रिले अनसन शुरु भएको गौतमले बताए ।  असोज १३ देखि कोषको ५ नम्बर गेटमा रिले अनसन बस्ने र त्यतिन्जेल भुक्तानी नभए १५ गतेदेखि विकास कोषका सबै गेटहरुबाट आवत जावत गर्न नमिल्ने गरी तालाबन्दी गर्ने कार्यक्रम तय भएको गौतमले बताए । 


    विकास कोषका पदाधिकारीबीच आपसी समन्वय अभाव र जु.गाको लडाईका कारण व्यवसायीले भुक्तानी पाउन ढिलाई भएको गौतमले बताए । ‘५ जना पदाधिकारी ५ तिर फर्किनुहुन्छ, एकजना संग कुरा गर्न जांदा अर्कोलाई देखाउने, अर्कोसंग जांदा अर्कोलाई देखाउने गर्नुहुन्छ’-गौतमले भने । 


    निर्माण व्यवसायी महासंघ लुम्बिनीका उपाध्यक्ष नारायण भुसालले लुम्बिनी प्रदेश सरकारले दिनुपर्ने भुक्तानी पनि रोकिएको भन्दै यथाशीघ्र नपाए प्रदेश सरकारविरुद्ध पनि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउने बताए । कोषका सदस्य सचिव सानुराजा शाक्यले भने कोषका पदाधिकाीमाथि अभद्र गालीगलौज, हातपातमा संलग्नलाई कानुन बमोजिम कारवाही गर्न नेपाल सरकारसंग माग गरिएको बताए ।


    ‘भुक्तानीको सम्बन्धमा कोषको तर्फवाट समस्या समाधानका लागि निर्माण व्यवसायीसँग पटक पटक बैठक बसेको र भुक्तानीको सहजताका लागि कोषका कोषाध्यक्षको नेतृत्वमा सदस्य सचिव र योजना प्रमुख समेत निर्माण व्यवसायीका प्रतिनिधिहरुसंग असोज ७ गते  दिउँसो बैठक बसी उपाध्यक्षको उपस्थितिमा भुक्तानी प्रकृया अगाडि बढाउनेसहमति समेत भैसकेको अवस्थामा हातपातको घटना भएपछि परिस्थिति बिथोलिएको हो’-शाक्यले भने-‘निर्माण कार्य सम्पन्न गरेका व्यवसायिहरुलाई भुक्तानी रोक्ने कोषका पदाधिकारी तथा कर्मचारीहरुको कुनै मनसाय छैन,सहज वातावरण तयार भएमा मात्र भुक्तानी संभव हुन्छ ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij