२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

शिवराजमा अब दैनिक राष्ट्रिय गान हुने

शिवराजमा अब दैनिक राष्ट्रिय गान हुने

शिवराजमा अब दैनिक राष्ट्रिय गान हुने

शिवराजमा अब दैनिक राष्ट्रिय गान हुने

शिवराजमा अब दैनिक राष्ट्रिय गान हुने
कपिलवस्तु संवाददाता बेल्वासेले समसामयिक विषयमा कलम चलाउँछन् ।
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने कार्य सुरु गरेको छ । 


    असोज १३ गतेबाट लागु हुने गरि कर्मचारीहरुलाई पोषाक,परिचय पत्र सहित कार्यपरिसमा उभिएर राष्ट्रिय गान गाउने कार्य सुरुवात गरिएको हो । कार्यालयमा उपस्थितिका बारेमा एक अनुशासन र समयको महत्त्वलाई उजागर गर्ने उद्देश्य यो कार्य सुरुवात गरेको नगरप्रमुख अजय थापाले बताए ।


    यो कार्यले कर्मचारीहरूको एकता र राष्ट्रिय भावनालाई प्रगाढ बनाउँछ, थापाले भने, “राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा, कर्मचारीहरूलाई समयमै उपस्थित हुने प्रेरणा मिल्छ।“ यसले गर्दा कार्यालयको कार्यक्षमता र सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको थापाको भनाई छ।


    राष्ट्रिय गान गाएपछि गाउँपालिकाका सेवा र गतिविधिहरूको बारेमा कर्मचारीहरूलाई जानकारी दिन पनि यसले सजिलो बनाउने बताइएको छ । शिवराज नगरपालिकाले यो पहललाई साकारात्मक रूपमा लिएको छ र यसका लाभहरू समयक्रमसँगै देखिने अपेक्षा गरिएको छ । 


    कार्यालय समयको सुरुवातमा राष्ट्रिय गान गाउने कुराले एक विशेष वातावरण सिर्जना गर्ने र कार्यालयमा सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिएको छ । यो नौलो काम गर्ने कपिलवस्तु जिल्लाकै पहिलो पालिकाको रुपमा शिवराज बनेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij