२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पाल्पाको अगाहाखोलाबाट छुटेको बस सम्पर्कविहीन

पाल्पाको अगाहाखोलाबाट छुटेको बस सम्पर्कविहीन

पाल्पाको अगाहाखोलाबाट छुटेको बस सम्पर्कविहीन

पाल्पाको अगाहाखोलाबाट छुटेको बस सम्पर्कविहीन

पाल्पाको अगाहाखोलाबाट छुटेको बस सम्पर्कविहीन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • काठमाडौं। पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस सम्पर्कविहीन भएको छ । पाल्पाको अगाहा खोलाबाट शुक्रबार रातिका छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको हो ।

    अगाहाखोलाबाट स्याङ्जा–पोखरा हुँदै काठमाडौं आउन लागेको रात्री बसका चालक र सहचालकसँग सम्पर्कविहीन रहेको बसधनी विमल अर्यालले जानकारी गराए ।

    बसका चालक र सहचालक शुक्रबार मध्यरातदेखि बसका स्टाफसँग सम्पर्क हुन नसकेको अर्यालले बताए ।

    ‘चालकसहित तीनै जना स्टाफको मोबाइल अफ छ । गाडी भेटिएको छैन,’ अर्यालले भने,‘काठमाडौंमा सबैतिर सम्पर्क गरें गाडी नआएको जानकारी गराएका छन् ।’

    मुग्लिङ कट्ने बेलासम्म गाडी चालकसँग सम्पर्क भएको र त्यसपछिको अवस्था अज्ञात रहेको अर्यालले जानकारी गराए ।

    अर्यालका अनुसार बसमा १८ देखि २० जना यात्रु रहेका थिए । उक्त बसका यात्रुहरुसँग पनि सम्पर्क हुन सकेको छैन । ‘यात्रुका आफन्तले फोन गर्नुभएको थियो । मेरो पनि सम्पर्क नभएको उहाँहरुलाई बताएँ,’ अर्यालले भने ।

    निरन्तरको वर्षाले पृथ्वी राजमार्गमा ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोले पुरिएको गाडीबाट सुरक्षाकर्मीले आइतबार मात्रै १५ शव निकालेको छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij