२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

तीन दिनमा लुम्बिनीमा विपद्का २९ घटना

तीन दिनमा लुम्बिनीमा विपद्का २९ घटना

तीन दिनमा लुम्बिनीमा विपद्का २९ घटना

तीन दिनमा लुम्बिनीमा विपद्का २९ घटना

तीन दिनमा लुम्बिनीमा विपद्का २९ घटना
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, आश्विन १३ २०८१
आइतवार, आश्विन १३ २०८१
  • बुटवल ।लुम्बिनी प्रदेशमा पछिल्लो तिन दिनमा विपद्का २९ वटा घटना भएका छन् । पहिरो, अधिक वर्षा, डुबान लगायतका २९ वटा घटना भएको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । असोज ११ देखि १३ सम्म एक जनाको मृत्यु भएको छ । 

    बाँकेमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । गुल्मीमा दुई जना र बाँकेमा एक जना घाइते भएको र नवलपरासी वर्दघाट सुस्ताका एक जना वेपत्ता भएको मन्त्रालयले जनाएको छ । 

    बाढी, पहिरोमा परेर १७ वटा घर पूर्णरुपमा क्षति भएको छ भने एक सय ६१ वटा घरमा आंशिक क्षति भएको छ । एउटा सरकारी भवन पूर्णक्षति भएको छ भने ३ वटा भवनमा आंशिक क्षति भएको छ । घरहरूमा क्षति हुँदा ९० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ ।

    यसका साथै बाढी र पहिरो प्रभावित एक सय ९ व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । सुरक्षाकर्मी र स्थानीय समुदायको सक्रियतामा पश्चिम नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी र रोल्पा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको हो ।

    बाढी, पहिरोबाट प्रभावितहरूलाई सुरक्षित स्थानमा सारिएको र पुनर्स्थापनाको काम अघि बढेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए । उनका अनुसार बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयहरूलाई सार्वजनिक भवन, छिमेकी तथा आफन्तको घरमा बसेका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्न तीनवटै सुरक्षा निकाय, रेडक्रस, स्वंयमसेवक तथा आम सर्वसाधारण नागरिकहरूमा अपिल गरे । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत समुदायका नागरिक विचको सहकार्यले विपद् प्रतिकार्य योजना कार्यान्वयनमा सहजता आएको हो ।

    प्रदेश सरकारको सहजीकरणमा सुरक्षा निकाय र स्थानीय सरकारले विपद्मा परेकाहरूलाई राहत, पुर्नस्थापनाको काम पनि अघि बढाएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij