२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको ज्यान गयो, ४२ जना बेपत्ता

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • बुटवल ।  बाढीपहिरो र डुबानका कारण देशभर एक सय ७० जनाको ज्यान गएको छ । ४२ जना बेपत्ता भएका र एक सय ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

    बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

    उनका अनुसार  काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरलगायत जिल्लाका विभिन्न ठाउँबाट घाइते र अलपत्र परेका एक सय ६२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको प्रवक्ता तिवारीले बताए । साथै खोज तथा उद्धार र राहत कार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिइएको र सम्बन्धित निकायसँगको समन्वयमा अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको उनको भनाइ छ ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij