बुटवल । अमित विद्यार्थीद्वारा लिखित किशोर उपन्यास स्मिता पारस खड्काको बुटवलमा विमोचन भएको छ ।
प्राज्ञ बुँद राना र त्रिकेटर शक्ति गौचनले एक समारोहबीच उपन्यासको विमोचन गरे । किताबबारे कवि गिरि श्रीस मगर र कविता पन्थीले समीक्षा गरे ।
प्रध्यापक तथा लेखक माधव पौडेलले विषय प्रवेश गराएका थिए भने पुस्तक व्यवसायी हरि अर्याल र दिवाकर घिमिरे तथा शैक्षिक व्यक्तित्व राजीव श्रेष्ठ ,टोप बहादुर केसी ,सरिता श्रीस , डा. मनोज ढुङ्गना लगाएतले पुस्तकको महत्व र गरिमा बारे चर्चा गरे ।
कार्यक्रम रमेश पाण्डेले सञ्चालन गरेका थिए । किशोर अवस्थाबारे लेखिएको उक्त किताब हिमालय बुक हाउस बुटवलले प्रकाशन गरेको हो ।




