भैरहवा । रुपन्देहीमा शनिबार देखि वेपत्ता भएको चालक-सहचालकको शव घघरा खोलामै फेला परेको छ ।
दुधको गाडी सहित वेपत्ता भएको मध्ये आइतबार साझ करिब ६ बजे विमानस्थल पछाडीकै घाघरा खोला क्षेत्रबाट गाडी निकालिएको थियो भने सोमबार विहान देखि खटिएकाे खोजी कार्यकाे टाेली करिब ७ बजे सहचालककाे र साढे १० बजे चालककाे शव देखिएपछि निकालिएको हो, उक्त शव सहचालक उमेश लोध र चालक प्रकाश तामाङकाे रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपि रंजितसिंह राठौरले बताए । परिवार तथा स्थानीयले आएर शवको पहिचान गरेको छन ।
भे १ च २६७६ नम्बरको जिप शनिबार विहान देखि हराईं रहेको खबर सुरक्षा निकायमा आएपछि खोजी कार्य जारी थियो । शनिबारबाट नै सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले खोजी कार्य गरिरहेका थिए ।
दिउसो दुध सहितको क्यान फेला परेपछि उद्वार टोलीले गाडीको पहिचान गरि क्रेनको सहायताले बाहिर निकालिएको थियो । सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको थियो ।




