२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आश्विन १४ २०८१
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी प्रभावितका लागि १ करोड रुपैँया सहयोग गर्ने निर्णय गरेको हो ।

    बैठकले उपाध्यक्ष एवं परोपकार तथा मानव कल्याण  विभागका प्रमुख डा। हेम राज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ । समितिमा संघका विभिन्न पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु समेतलाई संलग्न गराइएको छ । बैठकमा अध्यक्ष डा। केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा  आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।

    बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ । पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग संकलनका लागि आजै बस्ने गरि आपतकालिन बैठक आव्हान गरिएको छ। 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij