२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

पाल्हीन्दनमा निःशुल्क रगत दिने सम्झौता

पाल्हीन्दनमा निःशुल्क रगत दिने सम्झौता

पाल्हीन्दनमा निःशुल्क रगत दिने सम्झौता

पाल्हीन्दनमा निःशुल्क रगत दिने सम्झौता

पाल्हीन्दनमा निःशुल्क रगत दिने सम्झौता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • परासी 
     पश्चिम नवलपरासीको  पाल्हीनन्दन गाउँपालिकालाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीले रगत निःशुल्क उपलब्ध गराउने भएको छ । सोमबार पाल्हीनन्दन गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीबिच रगत निःशुल्क उपलब्ध गराउने सम्झौता भएको हो । 


    गाउँपालिकाले आफ्नो गाउँवासीहरूको लागि स्वास्थ्य उपचारमा रगत अभाव हुन नदिने भन्दै गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरिएको पालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले  बताए । उनले निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेपछि रगत अभावबाट हुने मानवीय जोखिम कम हुने गाउँपालिकाका विश्वास लिएको गुप्ताले बताए ।


    सोमबार पाल्हीनन्दन गाउँपालिका र रेडक्रस सोसाइटीबिच  २०८१ असोजदेखि २०८२ असार मसान्तसम्म निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको गाउँपालिकाले जनाएको छ  नगरिकहरुलाई जुनसुकै प्रकृतिका बिरामीहरूलाई निःशुल्क रगत उपलब्ध गराउने पालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले जानकारी दिइन ।


    आवश्यकता हेरेर रक्तदान कार्यक्रम सञ्चालन गर्नेगरी सम्झौता भएको रेडक्रस जिल्ला शाखा सभापति राजेन्द्र अग्रहरिले जानकारी दिए । गाउँपालिका मै रगतको महत्त्व र आवश्यकताका विषयमा गोष्ठीहरू सञ्चालन गर्ने, रक्तदानका बारेमा गाउँपालिकास्तरीय सचेतना गोष्ठी गर्ने, रगत आपूर्तिको लागि गाउँपालिका वा वडास्तरमा शैक्षिक संस्थाहरू, तथा संघसंस्थाबिच समन्वय गरी रक्तदान गर्ने सम्झौता पत्र उल्लेख गरिएको शाखा सभापति राजेन्द्र अग्रहरिले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij