बुटवल ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवललपसरीको दाउन्ने सडकखण्ड मर्मतका लागि मंगलबार बेलुका बन्द हुने भएको छ।
मंगलार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म राजमार्गको सो खण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।
अविरलको वर्षाले बर्दघाट नगरपालिका–४ दाउन्ने जंगल खण्डमा सडकको रिटेलिङ वाल भत्किएको छ। साथै करिब चार मिटर सडक भासिएको र विद्युत् प्रसारणको हाईटेन्सन टावरसमेत ढलेपछि सडक सोमबार बेलुकादेखि बन्द रहेकोमा मर्मत गरी मंगलबार बिहानबाट सञ्चालनमा ल्याइएको छ।
सहज रुपमा यातायात सञ्चालनका लागि थप मर्मतको काम गर्नुपर्ने भएकाले रातिको समयमा सडक बन्द गर्न लागिएको नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन्।




