२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

अब दुई दिन पर्ने पानी कस्तो हो ?

अब दुई दिन पर्ने पानी कस्तो हो ?

अब दुई दिन पर्ने पानी कस्तो हो ?

अब दुई दिन पर्ने पानी कस्तो हो ?

अब दुई दिन पर्ने पानी कस्तो हो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • काठमाडौं । मौसमविद्ले देशमा अबका दुई दिन वर्षाको अनुमान गरेका छन् । तर, ठूलो पानी नपर्ने, धेरै क्षेत्र नओगट्ने र लामो समय नहुने उनीहरूले स्पष्ट पारेका छन् ।

    बुधबार (भोलि) र बिहीबार (पर्सि) देशका केही स्थानमा वर्षाको सम्भावना छ । भारतको असाम आसपास न्यूनचापीय क्षेत्र बनेको र मनसुनी वायुसँगै त्यसको प्रभावले वर्षा हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए ।

    त्यसले धेरै ठूलो र लामो समय वर्षा नहुने उनले उल्लेख गरे । केही बेर र कुनैकुनै भूभागमा पानी पर्ने उनले बताए । विशेष गरी त्यसको प्रभाव कोसी र वाग्मती प्रदेशमा रहने उनले जानकारी दिए ।

    “भारतको असाम आसपास स्मल सर्कुलेसन बनेको छ । न्यूनचापीय क्षेत्र,” उनले भने, “बुधबार कोसी र वाग्मतीमा अलि वर्षाको सम्भावना छ । कोसीमा पनि सबै ठाउँमा होइन, केही ठाउँमा । खण्डित खालको वर्षा हुन्छ ।”

    महाशाखाका अर्का मौसमविद् सञ्जीव अधिकारीले पनि बुधबार, बिहीबार वर्षाको सम्भावना देखिएको बताए । “हल्कादेखि मध्यम वर्षाको क्रम केही बढ्नेजस्तो देखिन्छ,” उनले भने, “भारी, अति भारीको सम्भावना छैन ।”

    मनसुन (पानी पार्ने प्रणाली) अब धेरै सक्रिय हुने अवस्था हाललाई नदेखिएको उनले सुनाए । तर, बुधबार राति आफूहरूले कोसी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना मौसम पूर्वानुमान बुलेटिनमार्फत औँल्याएको उनले स्पष्ट पारे । “विगतको जस्तो मनसुन त्यति धेरै एक्टिभ हुने अवस्था यतिखेरको विश्लेषणमा देखिँदैन,” उनले भने, “अस्तिको जस्तो दुई दिन, तीन दिन धेरै पानी पर्नेजस्तो छ नि, त्यस्तो छैन ।”

    उनका अनुसार, उक्त अवधिमा पूर्वी र मध्य भूभाग (गण्डकी प्रदेशसम्म)मा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले असाममा विकसित पानी पार्ने प्रणालीले त्यहाँ भारी वर्षा हुन सक्ने बताए । भारतका केही राज्यमा त्यसको विशेष असर पर्ने उनले उल्लेख गरे ।

    “एउटा सिस्टम डेभलप भएर असाममा ठूलै पानी पर्छ । चार–पाँच दिन नै पानी पर्छ भन्ने छ असाम, मेघालयमा,” उनले भने । कर्नाटका, गुजरातलगायत क्षेत्रमा पनि त्यसको प्रभाव पर्ने उनले बताए ।सोही प्रणालीले नेपालमा पानी पार्न सकारात्मक भूमिका निर्वाह गर्ने उनले सुनाए । नेपालमा बुधबार र बिहीबार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारे ।

    “त्यसले (असामको प्रणाली) मनसुनी वायुसँग इन्टरर्‍याक्सन गर्छ र पानी पार्छ,” उनले भने, “तर, अबको पानी तसर्नुपर्ने अवस्था मचाहिँ देख्दिनँ । खासगरी बुधबार र बिहीबार हो । शुक्रबार कम हुन्छ । वाग्मतीदेखि पूर्व मात्रै हो । हल्कादेखि मध्यम मात्रै हो ।”

    उनका अनुसार, बुधबार र बिहीबार सामान्य वर्षाको सम्भावना छ । त्यो पनि लामो समय हुँदैन । एकछिन मात्र वर्षा हुन्छ । “बुधबारको अपराह्न २ बजेदेखि काठमाडौं, तराई होइन, वाग्मती प्रदेशको पहाडी जिल्ला र कोसीको लगभग सबै ठाउँमा जस्तो हल्कादेखि मध्यम वर्षा हुन्छ,” उनले भने, “बाँकीमा गण्डकीमा पनि हल्का वर्षा हुन्छ ।”

    यो वर्ष नेपालबाट मनसुन (पानी पार्ने प्रणाली) औसत मितिभन्दा केही दिन ढिलो गरी बाहिरिने सम्भावना छ । मौसमविद् अर्यालले नेपालबाट मनसुन बाहिरिन अब हप्ता–१० दिनजति लाग्न सक्ने उल्लेख गरे ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij