२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

रिब्दीकोट गाउँपालिकाले गर्‍यो बजार अनुगमन

रिब्दीकोट गाउँपालिकाले गर्‍यो बजार अनुगमन

रिब्दीकोट गाउँपालिकाले गर्‍यो बजार अनुगमन

रिब्दीकोट गाउँपालिकाले गर्‍यो बजार अनुगमन

रिब्दीकोट गाउँपालिकाले गर्‍यो बजार अनुगमन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, आश्विन १५ २०८१
मंगलवार, आश्विन १५ २०८१
  • पाल्पा । पाल्पाको रिब्दीकोट  गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटल लगायतको अनुगमन गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल,पालिकाका सुचना अधिकारी रूकलाल भट्टराई,पाल्पा उधोग वाणिज्य संघका प्रतिनिधि,सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।


    बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका ८७ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको गाउँपालिकाका सुचना अधिकारी रूकलाल भट्टराईले बताए । अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ  भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताए । १४ गते सोमबार गाउँपालिकाको वडा न ७ बतासे बजारमा अनुगमन गरेको थियो । गाउँपालिकाले  बतासे बजारका ३९ वटा पसलको अनुगमन गरेको थियो ।

    जस्मा  ११ वटा पसलबाट  म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ  भेटिएकाले जफत गरि नस्ट गरेको छ । त्यस्तै सोमबार नै वडा न ५ को कुसुमखोला बजार क्षेत्रमा पनि अनुगमन गरेको थियो । कुसुमखोलाका कुल ५ वटा पसलको अनुगमन गर्दा २ वटा पसलबाट म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ  भेटिएकाले जफत गरि नष्ट गरिएको गाउँपालिकाका सुचना अधिकारी भट्टराईले बताए । गाउँपालिकाले अनुगमन मार्फत बतासे र कुसुमखोला बजारबाट कुल ५ हजार ४ सय ६० रूपैयाँ बराबरको सामाग्री जफल गरि नष्ट गरेको बताए  ।

     त्यस्तै गाउँपालिकाले मंगलबार हार्थोक बजार क्षेत्र अनुगमन गरेको छ । हार्थोक बजारका कुल ४८ वटा पसलको अनुगमन गरेको थियो । जस मध्ये ९ वटा पसलबाट कुल ५ हजार ४० रकम बराबरको  म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ भेटिएकाले जफत गरि नष्ट गरिएको सुचना अधिकारी भट्टराईले बताए । 


    पाल्पा उधोग वाणिज्य संघका प्रतिनिधि बिनोद नेपालले म्याद गुज्रेका सामग्री विक्री वितरणको लागि राखिएका पसलहरूलाई सचेत बनाइएको बताए । उनले पालिका, जिल्लामा दर्ता नभएका व्यवसायहरूलाई दर्ता गर्न र नविनकरण गर्न सुझाव दिएको बताए ।  आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा जरीवाना लिने कार्यविधिका बारेमा समेत जानकारी गराइएको बताए ।

    व्यवसायीहरूले म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ लगाएतको विक्री वितरण नगर्न र जुन व्यवसाय सञ्चालन गर्ने भनेर अनुमती लिईएको छ सोही प्रकारको सामग्रीहरू मात्र बेचबिखन गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेको बताए  । पालिकाभित्र सञ्चालनमा रहेका व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई व्यवसाय दर्ता तथा नविकरणको लागि पत्र समेत काटिएको छ ।


     नागरिकहरुले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न बजार अनुगमन गरिएको र यसलाई पालिकाका अन्य वडाहरूमा पनि निरन्तर बजार अनुगमन गरिने व्यवस्था मिलाईएको पालिकाले जनाएको छ । दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई असोज महिनासम्म दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ । अनुगमनको क्रममा बाँकी रहेका र बन्द भएका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको पनि जुनसुकै समयमा अनुगमन हुने गाउँपालिकाले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij