२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

सहकारीको बचत रकम अपचलन गर्ने बाग्लुङको ढोरपाटनका मेयर नेपाली कारागार चलान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • बुटवल । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी मुद्दामा हिजो बाग्लुङ जिल्ला अदालतले थुनामा राख्न आदेश दिएको हो । मेयर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले भारतमा पक्राउ गरी गएको शनिबार नेपाल ल्याएर जिल्ला अदालत बाग्लुङमा अस्ति सोमवार पेस गरेको थियो ।

    इजालस अधिकृत ऋषिराम रिजालका अनुसार नेपालीको वयान सोमवार नै सकिएको थियो । हिजो थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको रिजालले जानकारी दिए ।

    भारतको दिल्लीबाट गएको शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतवार बाग्लुङ लगिएको थियो । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बाग्लुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गएको वर्ष जेठमै उजुरी दिएका थिए ।

    सहकारीका बचतकर्ताको दुई अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा बुर्तिबाङ बजारबाट उनी परिवारसहित फरार भएका थिए । उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई एक लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij