२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

विज्ञापनमा बिचौलिया रोक्ने सञ्चारगृहको अभियान

विज्ञापनमा बिचौलिया रोक्ने सञ्चारगृहको अभियान

विज्ञापनमा बिचौलिया रोक्ने सञ्चारगृहको अभियान

विज्ञापनमा बिचौलिया रोक्ने सञ्चारगृहको अभियान

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • बुटवल । सञ्चार माध्यममा प्रकाशन हुने विज्ञापनमा बिचौलिया हावी भइ विज्ञापन बजार ध्वस्त भइरहेको बेला यहाँका सञ्चार गृहहरु बिचौलिया रोक्न अभियान थालेका छन् । उनीहरुले विज्ञापन बोर्डले सार्वजनिक गरेको सीमाभन्दा कम दररेटमा विज्ञापन नछाप्ने निर्णय गर्दै स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्न ध्यानाकर्षण गराएका छन् ।


    सरकारी विज्ञापनमा कमिशनले दररेट मनपरी भएपछि यहाँका सञ्चारगृह एकजुट भएका हुन् । प्रकाशन तथा प्रशारण समाजले विज्ञापन बोर्डको निर्णय र निर्देशन पूर्णत पालना गर्ने र गराउने जनाएको छ ।


    विज्ञापन बोर्डले हालै देशका ३५ वटा राष्ट्रिय दैनिकहरूको भेला गराई विज्ञापन दरमा एकरुपता ल्याउने निर्णय गरेर कार्यान्वयन गर्न निर्देशन दिएको थियो । तीमध्ये क वर्गका चार दैनिक लुम्बिनी, मेचीकाली, दैनिकपत्र र बुटवल टुडे बुटवलबाट प्रकाशित हुँदै आएका छन् ।
    यो निर्णयपछि विज्ञापन एजेन्सी खोलेर विभिन्न सरकारी कार्यालयलाई कमिसनको प्रभाव र सांसदको नाम जोडेर केही पत्रकार र बिचौलियाहरु यो निर्णय कार्यान्वयन नगराउन लविङ गरिरहेका छन् । उनीहरुले प्रेस काउन्सीलले वर्गीकरण नगरेको र मापदण्डमा नपरेको पत्रिकामा विज्ञापन प्रकाशन गरिरहेका छन् ।


    अब कुनै पनि मिडिया वा एजेन्सीले विज्ञापन बोर्डमा अनिवार्य सूचीकरण गराउनु पर्ने बाध्यात्मक अवस्था रहेको छ । यदि विज्ञापन बोर्डमा सूचिकृत छैन भने, त्यस्तो मिडियाले सरकारी विज्ञापनहरू प्रकाशित गर्न पाउने छैनन् । यसैगरी, विज्ञापन एजेन्सीहरूले भुक्तानी लिंदा सम्बन्धित मिडियाको बिलको प्रतिलिपी अनिवार्य पेश गर्नु पर्ने व्यवस्था गरिएको छ । ‘यो व्यवस्था कार्यान्वयन गर्न सञ्चार गृह प्रतिबद्ध छौं’–दैनिक पत्र दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाईंले भने ।


    बुटवलको ग्रिक मिडिया प्रालिले विभिन्न कार्यालयलाई विज्ञापन माग्दै धम्क्याएको कुरा विज्ञापन बोर्डको निर्णय कार्यान्वयनका लागि हिडेको प्रकाशन तथा प्रशारण समाजको टोलीलाई सरकारी कार्यालयका कर्मचारीले बताएका छन् । ‘कुनै राजनैतिक दलको नेता र सांसदको नाम लिएर धम्क्याइन्छ, हामी पनि आजित छौं’—ती कार्यालय प्रमुखको भनाइ  छ । यस्तो जानकारी पाएपछि यहाँका सञ्चारगृहहरुले यस्तो प्रवृत्तिविरुद्ध सामूहिक रुपमा  एकजुट भएर प्रतिवाद गर्ने भएका छन् ।  यसरी सरकारी कार्यलयका कर्मचारीलाई प्रभावित पार्ने ग्रिक मिडियाका सञ्चालक प्यूठानबाट पत्रकारिता गर्दै आएका केशरराज क्षेत्री हुन् ।
    ग्रिक मिडिया प्रालिले कतिपय स्थानीय तहहरूमा सञ्चारगृहको दररेटभन्दा निकै कम दरमा सम्झौता गर्ने र बुटवल, काठमाडौँ तथा नेपालगञ्जका मिडियाहरूमा बार्गेनिङ गरेको पाएपछि प्रकाशन तथा प्रशारण समाजको टोलीले यहाँका स्थानीय तहको नेतृत्वसँग छलफल गरेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij