२०८३, आश्विन २४ गते

Oct 10 2026

images
images

अमृत्तम स्वीटस्मा मिठाईमा भेटियो किरा र ढुसी

अमृत्तम स्वीटस्मा मिठाईमा भेटियो किरा र ढुसी

अमृत्तम स्वीटस्मा मिठाईमा भेटियो किरा र ढुसी

अमृत्तम स्वीटस्मा मिठाईमा भेटियो किरा र ढुसी

अमृत्तम स्वीटस्मा मिठाईमा भेटियो किरा र ढुसी
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, आश्विन १६ २०८१
बुधवार, आश्विन १६ २०८१
  • परासी । पश्चिम नवलपरासीमा एक मिष्ठन भण्डारमा मिठाईमा किरा र ढुसी परेको भेटिएको छ । जिल्ला संयुक्त बजार अनुगमन समिती नवलपरासीले परासी सदरमुकाम रहेका मिष्ठान भण्डारमा अनुगमनको क्रममा एक मिष्ठान भण्डारमा मिठाई पसलमा किरा र ढुसी परेको भेटिएको हो ।

    अनुगमनको क्रममा परासी सदरमुकाम स्थित रामग्राम नगरपालिकाको वडान ३ मा अवस्थित रहेको अमृत्तम स्वीटस्मा मिठाईमा किरा र ढुसी परेको पाईएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए । उनको अनुसार अमृत्तम स्वीटस्मा सेतो रसबरी ,रातो रसबरी मिठाईमा  किरा र ढुसी दुर्गान्धित,  तथा पानीरमा ढुसी परेको भेटिएको बताए ।

    सेतो रसबरी ,रातो रसबरी गरी ४ मिठाईमा  किरा र ढुसी दुर्गान्धित र पानीरमा  ५ केजी ढुसी परेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दिपक यादवले बताए । अनुगमनको क्रममा म्याद ग्रुजेको पेय पदार्थ समेत भेटिएको यादवले जानकारी दिए ।

    उनको अनुसार ३५ बोत्तल पेयपदार्थ भेटिएको बताए । सेतो रसबरी ,रातो रसबरी मिठाईमा  किरा र ढुसी दुर्गान्धित,  तथा पानीरमा ढुसी परेको  र म्याद ग्रुजेको पेय पदार्थ नियन्त्रण लिई नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका नायब्ब सुब्बा चिरन्जिबी पौडेलले बताए ।

    उनको अनुसार ११ हजार बराबराको मिठाई पेयपदार्थ नष्ट गरिएको बताए । आउदै गरेको दशै छट तिहारमा बजार हुन सक्ने कालो बजारी र म्याद ग्रुजेको सामान बिक्री बितरण भैरहेको जनगुनासो आएपछि जिल्ला संयुक्त बजार अनुगमन समितीले बजार अनुगमन गर्न सुरुवात गरेको छ ।

    परासी सदरमुका परासीमा रहेका ६ वटा मिष्ठान भण्डार अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका मनोज चौधरीले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij