२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

शुरू भयो दशैं, आज घटस्थापना गरिंदै

शुरू भयो दशैं, आज घटस्थापना गरिंदै

शुरू भयो दशैं, आज घटस्थापना गरिंदै

शुरू भयो दशैं, आज घटस्थापना गरिंदै

शुरू भयो दशैं, आज घटस्थापना गरिंदै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • बुटवल । आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर घरमा घटस्थापना गरिंदै छ।

    आश्विन शुक्ल प्रतिपदादेखि बडा दशैं शुरू भएको मानिन्छ। आज बिहान ९ बजेर १६ मिनेटमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

    आज घरका पूजाकोठा र दशैंघरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजाकोठा वा दशैंघरमा वैदिक विधिपूर्वक अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। 

    यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले तिनीहरूको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ।

    आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ।

    आज यवरोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेंलो जमरा लगाइन्छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij