कृष्ण पोखरेल - पाल्पा । आज वडा दशैको पहिलो दिन घटस्थापनाको दिन, पाल्पाका विभिन्न शक्ति पिठ तथा देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भिडभाड बढेको छ । भक्तजनहरु विहानै नदी तलाउँ, धारा कुवामा स्नान गरी चोखो वस्त्र पहिरिएर पुजा पाठ, तथा दर्शनको लागी लागी भगवती दुर्गाका मन्दिरहरु पुगेका छन । पाल्पालीहरुले शुभ साईतमा घर घर, देवीका मठ मन्दिरहरुमा घटस्थापना गरेका छन ।
जिल्लाको डाडा टाकुरामा रहेका भगवती दुर्गाका मन्दिरहरु सरसफाई गरी आज नवरात्र देखी देवीको नित्य पुजा आजा शुरु गरिएको छ । पाल्पामा अधिकाश देवी, भगवती, दुर्गाका मन्दिरहरु, डाडाको टुप्पोमा निर्माण गरिएका छन ।
नवदुर्गा शुरु भएपछि भगवती मन्दिरका वरीपरी भक्तजनहरु भजन कृर्तन, द्र्गा तथा चण्डी पाठ गर्दे देवीको आराधनामा गर्न भक्तजन जुटेका हुन । तानसेनको भगवती मन्दिरमा परम्परागत नेवारी भाषाको डाफा भजनले सबैको मन तानेको छ ।
लोपन्मुख अवस्थामा पुगेको नेवारी डाफा भजन लाई संरक्षणको बुढा देखी युवाहरुको सहभागी रहेको छ । परम्परागत भजन संस्कृती बुढापाकामा मात्र रहेको अवस्थामा युवाहरु लाई समेत डाफा भजन स्तुतीमा सहभागी गराएर तानसेनको पुरानो भजन संस्कृतीको जर्गेनाको लागी सहयोग पुगेको संस्कृतीकर्मी राजेन्द्र गोपाल सिंहले बताए ।
भगवती मन्दिरमा तानसेन भजन संरक्षण समिती र भगवती भजन समुहले नियमित रुपमा नवरात्री भरी डाफा भजन गर्दै आएका भगवती मन्दिर गुठी व्यबस्थापन समितीका अध्यक्ष अशोक महर्जनले बताए ।
तानसेनको भगवती मन्दिर, रम्भापानीको रम्भा देवी मन्दिर, भुवनपोखरीको रैनादेवी मन्दिर, बतासेको कालिका मन्दिर लगायतका मन्दिरमा पुजा आजाको लागी भक्तजनको अध्याधिक भिड हुने गर्दछ । पाल्पामा नवदुर्गाको समयमा मन्दिर वरीपरी विभिन्न समुहबाट साहुहिक देवी स्तुती भजन किर्तन गर्ने परम्परा हाल सम्म कायम रहेको पाईन्छ ।




