दाङ । वीर अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. निराजन सुवेदी भेरी अस्पताल नेपालगञ्ज, बांकेको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त भएका । दाङ घोराही निबासी सुवेदीले हालै सो जिम्मेवारी पाएका हुन । स्वास्थ्य मन्त्री प्रदिप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौ तहमा कार्यरत सुबेदीलाई प्रमुख मेसुको जिम्मेवारी दिएका हुन् । बुधबार देखि नै उनले कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाले पछि पत्रकारसंग कुरा गर्दै उनले चिकित्सा बिज्ञान रास्ट्रिय प्रतिष्ठान तथा भेरी अस्पताल बिच स्नाकोत्तर अध्य्यनका लागि सम्झौता भएको बताए । शैक्षिक कार्यक्रम सन्चालन गर्ने गरि कामको सुरूवात गर्नुभएका भेरी अस्पतालको पुर्व मेसुहरू, सबै चिकित्सकहरू, भेरी अस्पताल बिकास समितीका अध्यक्ष तथा सदस्यहरू तथा भेरी अस्पताल परिवारका सबैलाई मेसु सुवेदीले धन्यवाद दिए । साथै सुबेदीले आफु माथि भरोसा गरेर प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएकोमा स्वास्थ्य मन्त्री पौडेल,सचिवहरू लगायत सबै जनालाई धन्यवाद दिंदै गुणस्तरीय स्वास्थ्य सेवा र विरामीको उपचारमा गुनासो नआउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।




