२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

‘कुरा बुझिदेउ न’ सार्वजनिक

‘कुरा बुझिदेउ न’ सार्वजनिक

‘कुरा बुझिदेउ न’ सार्वजनिक

‘कुरा बुझिदेउ न’ सार्वजनिक

‘कुरा बुझिदेउ न’ सार्वजनिक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • नवलपुर । नवलपुरको गैडाकोट १४ नगर टाँडी निवासी गायक संजय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेउ न’ बजारमा आएको छ । 
    यो गीतलाई कावासोतीको डिटिएम मिडियाले आज बजारमा ल्याएको हो । 
    यो गीतको आज कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर सार्वजनिक गरिएको हो । 
    श्रीधर अधिकारीको शब्द तथा लय संकलन र संगीत रहेको छ भने गायक संजय देवकोटा र चर्चित गायिका ऐलिन चौहानले श्वर दिएका छन् । 
    गायक संजय देवकोटा स्वयमले पनि यस गीतमा मोडलको भूमिका निर्वाह गरेका छन् भने चर्चित गायक तथा मोडल दुर्गेश थापा, संचिता बोलाके, प्रिंसिका श्रेष्ठ गीतमा मोडलका भूमिका निर्वाह गरेका छन् । 

    गीतमा एचबिएन किस्मत संगीत संयोजन, संजय विश्वकर्मा निर्देशन, अर्जुन कंडेलको सहनिर्देशन गरेका गीतको छायांकन सुरेश काफ्ले र आरडि दुलालले गरेको प्रोडक्सन म्यानेजर दिप काफ्लेले बताए । 
    प्रिमियम कार्यक्रमका यहाँका सामाजिक व्यक्तित्व, शैक्षिक व्यक्तित्व तथा पत्रकारहरुको सहभागिता रहेको थियो । प्रिमियम कार्यक्रममा गायक संजय देवकोटाका बुवा पशुपति देवकोटा र प्रोडक्सन म्यानेजर दिप काफ्ले बुवा प्रेम काफ्लेको उपस्थितिमा गरिएको हो । 
    यो गीतको छायांकन नवलपुर र चितवन आसपास गरिएको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij