२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

गाउँमा लगानी योजना बनाउन सम्पर्क मञ्चको समन्वय, समिति समेत गठन

गाउँमा लगानी योजना बनाउन सम्पर्क मञ्चको समन्वय, समिति समेत गठन

गाउँमा लगानी योजना बनाउन सम्पर्क मञ्चको समन्वय, समिति समेत गठन

गाउँमा लगानी योजना बनाउन सम्पर्क मञ्चको समन्वय, समिति समेत गठन

गाउँमा लगानी योजना बनाउन सम्पर्क मञ्चको समन्वय, समिति समेत गठन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आश्विन १७ २०८१
बिहिवार, आश्विन १७ २०८१
  • बुटवल  । बसाईसराईले पहाडी गाउँमा रित्तिन थालेको र सबै जग्गाहरु बाझिएकाले बजार क्षेत्रमा बसेकाहरुले लगानीको वातावरण बनाउन मरेङ रुपन्देही सम्पर्क मन्चले समन्वय गर्ने भएको छ । 


    अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिका अन्तर्गत साविकको मरेङ गाविसबाट रूपन्देहीमा रहेका व्यक्तिहरु तथा ती पालिकाका वडाध्यक्षहरुसँगको सामुहिक छलफलमा लगानीका वातावरण बनाउने निष्कर्ष निकालिएको हो । 


    सम्पर्क मञ्चले आउँदै गरेका चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा लगानीका विषयमा अनुसन्धान गरिने भएको हो । जन्मभूमिमा लगानी गर्ने बातावरण सिजर्ना गर्नको लागि अब एकजुट हुनुपर्ने कार्यक्रममा सहभागीले जोड दिएका थिए । अर्घाखाँचीको तत्कालीन गाबिस मरेङबाट रुपन्देहीका विभिन्न क्षेत्रमा बस्ने ब्यक्तिहरुले जन्मभूमिको विकासमा ध्यान दिदै आफ्नो क्षेत्रका ब्यक्तिहरुले सञ्चालन गरेका ब्यवसायलाई सहयोग गर्नेगरी काम हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

    लगानीको बाताबरण सिर्जना गर्नको लागि संभावनाको खोजी गर्नुपर्ने अवस्था आएको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने बक्ताहरुको जोड थियो । कार्यक्रममा लुम्बिनी बौद्ध बिश्वबिद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले आफ्नो जन्मभूमिप्रति लगानी बढाउनुपर्ने अवस्था आएको बताएका थिए ।

    कार्यक्रममा मालारानी गापा वडा १ का अध्यक्ष दधिराम आचार्यले गाउँघरमा युवापुस्ता नभएको बताउँदै वृद्धअवस्थाका ब्यक्तिहरु मात्रै रहेकाले दीर्घकालीन योजना बनाएर आउन आग्रह गरेका थिए ।

    वडानम्बर २ का अध्यक्ष योगेन्द्र भुसालले बस्ती बिकास र कृषिको लागि पालिकाले भूमिलाई ३ तहमा बिभाजन गरेको बताए । कार्यक्रममा मन्चका पूर्वअध्यक्ष ऋषि आजाद, व्यवसायीहरु टान बहादुर पाण्डे, प्रकाश भुसाल, नवराज भुसाल, यमप्रसाद आचार्य, शोभाखर बन्जाडे, दिनेश भुसाल, निवर्तमान अध्यक्ष रामप्रसाद आचार्य, पूर्वअध्यक्ष झविन्द्र फल्लेल, अग्रज राजेन्द्रकुमार आचार्यअध्यक्ष दिनेश कुँवर, उपाध्यक्ष उमेश कुवरलगायतले जन्मभूमिमा लगानी बढाउने योजना बनाउनगरी अगाडि बढ्न सुझाएका थिए । 


    भेलाले रामप्रसाद आचार्य, दिनेश कुँवर, मायादेवी थापा, नवराज भुसाल, उमेश कुँवर, भूपेन्द्र सुवेदी र  लक्ष्मण बन्जाडे सदस्य रहेको लगानी अध्ययन समिति गठन गरेको छ । समितिले सम्बन्धित क्षेत्रका विज्ञहरुसँग बसेर छलफल गरेर निचोड निकाल्ने छ । 


    भेलामा सहभागी भएका जनप्रतिनिधिले गाउँमा लगानीको वातावरण मिलाउने, कानुनी प्रबन्ध मिलाउने, जग्गा व्यवस्थापन गर्ने र पालिकाको तर्फबाट गरिने समन्वयलाई सहज मिलाउने प्रतिवद्धता जनाएका छन् । उनीहरुले भेलामा उठेका छलफलका विषयमा पालिकामा बसेर छलफल गरेर अगाडि बढ्ने बताएका छन् । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij