२०८३, आश्विन २५ गते

Oct 11 2026

images
images

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी

नागढुङ्गा–मुग्लिन सडक सामान्य, बीपी राजमार्ग अस्थायी रूपमा खुलाउने तयारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, आश्विन १८ २०८१
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाण्डाै । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

    यस्तै मुग्लिन–पोखरा, नारायणगढ–बुटवललगायतका मुख्य सडकमा भने दुईतर्फी नै गाडी चलिरहेका छन् । बीपी राजमार्गको काभ्रे खण्डमा भने गाडी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ । बीपी राजमार्गकाे चौकीडाँडा–कालढुङ्गा १८ किलोमिटरमध्ये झन्डै १२ किलोमिटर सडक पूर्णरूपमा बगेका कारण केही ठाउँमा गाडी रोकिएका छन् ।

    रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरू प्रयोग गरी अस्थायी रूपमा गाडी सञ्चालन गर्ने तयारी भइरहेको सडक विभागले जनाएको छ ।

    मध्यपहाडी लोकमार्गको दोलालघाट–राकथुम ८० किलोमिटर खण्डका धेरै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक आज र भोलिसम्ममा खुलाउने तयारी छ ।

    काठमाण्डाैबाट नौबिसे हुँदै हेटौँडा र थानकोट–चित्लाङ हुँदै साना गाडीलाई हेटौँडासम्म जाने छोटो बाटो मर्मत गरेर चाँडै सञ्चालन गर्ने कोशिश भइरहेको सडक विभागले जनाएको छ । अरनिको राजमार्गमा लार्चा–कोदारीको पाँच किलोमिटरमा मर्मत सकिएको छैन भने लिपिङ पुल र लार्चाको बेलिब्रिज बगाएका कारण सडक अवरुद्ध भएको छ ।

    यस्तै मेची राजमार्गकाे रमिते–फिदिमको आठ किमी, हेवा पुलसहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको छ । हेवा खोलामा अस्थायी डाइभर्सन बनाएर गाडी सञ्चालनको तयारी भइरहेको विभागले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij